नेपाल का गौरव, नेपाल का शान संजय पण्डित नेपाल को इतिहास मा अमर रहने छन

इनेप्लिज २०७४ असार १७ गते १:४० मा प्रकाशित
कोपिला जब जवान भई विरुवा बन्दछ तब विरुवा बिस्तारै रुखमा परिणत हुन्छ । पातहरु फैलादै हागाहरुले जब जाल फैलाउन शुरु गर्दछन । त्यसले संसारलाई सुन्दरता, शितलता र वातावरणलाई अक्सिजन प्रदान गरि जसले संसारमा प्राणीलाई जीवित राख्ने माध्यम बन्दछन । मनुष्य पनि जब बालकबाट विकसित भई वयष्कमा परिणत हुन्छ र आफुलाई अलि परिपक्क महसुस गरि बाहिरि संसारको बारेमा जान्ने जिज्ञासा बढेर आउछ । त्यही क्रममा प्रायले जीवनमा कमैले बाहेक धेरैले नआटेको कामहरु गर्न खोज्छन । त्यही शाहस लिएर सफलता चुम्ने इच्छ्या लिने मानिसहरु धेरै अवरोधको सामना गरेर पनि अगाडी बढिरहेका हुन्छन तर थोरै मात्र आफनो लक्ष्यको चुचुरोमा पुग्न सफल हुन्छन । त्यही शाहस बोकेर धेरै सफलता हासिल गरेका शाहसी नेपालीको छोरो हुन संजय पण्डित जसले जीवनको आखिरी सास सम्म पनि देशको प्रतिष्ठालाई उच्च राख्नमा हार मानेनन ।नेपालको पहाडी जिल्ला प्युठानमा १९८९ मा जन्मेका संजय सानैदेखिनै खेलकुदमा रुचि राख्दथे खासगरि उनलाई दौडसंग असाध्यै प्रेम थियो । जती ऊनी खेलकूदमा रुची राख्दथे त्यती नै ऊनी देशप्रेमको भावनाले ओतप्रोत थिए । यसै देशप्रेमको भावनाले गर्दा नेपाल र नेपालीको लागि कृति राख्ने उनको धोको बनेर गयो र लामो दुरी को दौडबाट उनले आफनो सपनाको शुरुवात गरे । शुरु शुरुमा उनले शुरु गरेको अभ्यास र परिश्रम देखेर मान्छे हरु हास्थे र मजाक पनि उडाऊादथे ।

तर नडगमगाउने अठोट र विश्वास भएका संजय कसैको प्रवाह गर्दैनथे र आफनो लक्ष्यमा लागिरहन्थे  । उनि यति दौडिन्थे कि प्युठान देखी भालुबाङ्ग सम्मको ५६ की मी को दूरी ४ घण्टा ११ मिनटमा पार गरे पछी उनि दुनियाको नजरमा आउन थाले । एक दिन सन्जयको भेट नेपालका प्रख्यात धावक बैकुण्ठ मानन्धर संग दशरथ रङशालामा भएछ्र । उनी सगको भेटले सन्जयलाई झन उत्साह बढेछ । मानन्धर लाईनै कोअर्डिनेटर बनाएर काठमाडौं देखी खासा सम्मको १२७ की मी को दुरी उनले ११ घण्टा २० मिनटमा पार गरेर नया किर्तिमान बनाएका थिए । स्वर्गद्वारीदेखी काठमाडौं, काठमाडौंदेखी गोर्खा, स्वर्गद्वारीदेखी गौमुखी लगायत उनले पार गरेका अरु थुप्रै दूरीका स्थानहरु हुन । उनका यस्ता साहसिक दौडबाट उनी अल्ट्रा धावकको नामले परिचित हुन थाले ।

लामो दूरीको दौडमा अपार सफलता हासिल गरेपछी उनलाई हिमालयको शिखर चुम्ने इच्छ्या लाग्यो र उनि त्यस तर्फ ध्यान केन्द्रीत गर्न थाले । यही क्रममा मे १९, २०१२ मा किलर माउन्टेनको रुपमा चिनिने सन्सारको आठौं उच्च शिखर मनास्लु (८१६३) मिटरको हिमालको सफल आरेहण गरे । उनका अरु प्रमुख हिमालय आरोहणमा आइल्याण्डपिक २०११, छुकुङरि पिक २०१२ नार्गजुन हिमाल २०१३ र कालापत्थर २०१३ प्रमुख छन । त्यस्तै २०१३ मा विश्वको सर्वोच्च शिखर सगरमाथा ८ हजार ८ सय ४८ मिटरको सफल आरोहण पछी उनका सपनाहरु पनि बढदै गयो । अत्यन्तै महत्वाकांक्षी संजयले संसारका सातवटै महाद्वीपका सर्वोच्च शिखरहरु चढने सपना देख्न थाले । पाच महाद्विपहरु एसिया, यूरोप, आस्ट्रेलिया, अफ्रिका र दक्षिण अमेरिकाका अग्ला हिमालहरुको सफल आरोहण पछी २०१५ मा उत्तरी अमेरिकाको अलास्का स्थित माउंट डेनालीको आरोहण गर्न अमेरिका आएका थिए ।

पारिवारिक नाताले मेरो भतिज पर्ने सन्जय न्यूयोर्कमा आउदा केही दिन हामीसंगै बिताऊने अवसर प्राप्त भएको थियो । उनको निर्भीक बिचार र देशको लागी आफनो ज्यान खतरामा राख्न तयार भतिजको सोचप्रति मैले निकै गौरव माने । उनको शाहस देखेर न्यूयोर्कका विभिन्न नेपाली समुदायहरुका संघ संस्थाहरुबाट संजय पण्डितलाई आर्थिक सहयोग समेत गरेका थियो । खासगरि रिजऊड नेपाली समाजका पूर्व उपाध्यक्ष तथा जन संपर्क समितिका सल्लाहकार श्री कृष्ण बहादुर बिष्टको अगुवाईमा रिजऊड नेपाली समाजले फण्डरेज सभा आयोजना गरि संजय पंडितलाई डेनाली आरोहणको लागी आर्थिक सहयोग गरेका थियो । त्यतिबेला श्रीबिष्ट स्वयंलेनै व्यक्तिगत रूपमा दुई लाख रुपैयाको सहयोग गर्नु भएर निकै हौसल्ला दिनु भएको थियो । जन सम्पर्क समिति अमेरिका न्यूयोर्क च्याप्टर र एन आर एन अमेरिकाले पनि सो अभियानको लागी आर्थिक सहयोग गरेको थियो । तर ऊनी त्यसबेलाको अभियानमा आंशिक सफलता प्राप्त भएपछी मलाई अमेरिका फेरी आउने बचन दिंदै नेपाल फर्केका थिए । सन २०१५ मा अमेरिकाबाट माउन्ट डेनालीको अंशिक सफलतासंगै नेपाल फर्किएपछी गत जनवरी २०१७ मा उनले अन्ट्रटिकाको सबै भन्दा अग्लो शिखर माउण्ट भिन्सनको सफल आरोहण गरेका थिए ।

त्यो समेत गरि सातवटै महादेशका अग्ला चुचुरा चढ्ने क्रममा उनको अमेरिकाको डेनाली मात्र चढन बाकी थियो । त्यही अभियानको लागी उनी केही महिना अघि अमेरिकाको अलास्का आएका थिए । आउनु भन्दा एक महिना पहिले पनि उनले मलाई फोनबाट सम्पर्क गरेका थिए । ऊनी संगको आखाभरिको संवादमा माउंट डेनाली आरोहण गरेपछि न्यूयोर्क आई हामी संगै भेटने कुरा गरेका थियौ । तर भाग्यले यसपाली पनि ऊनलाई साथ दिएन । डेनाली चढ्ने क्रममानै १७ हजार ५सय फिटसम्म पुगेका संजयको गत जुन १६, २०१७ को दिन अकस्मात मृत्यु भएको खबर सुन्दा एक छिन त पत्यारनै लागेको थिएन तर केहीछिनमा घटना बास्तविक भएको पुष्टि भएपछि म निकै दुखित भयो ।

सगरमाथामा दुई पटक आरोहण गरिसकेका सन्जयले डेनालीको हिमालको गोदमा हाई अल्टीट्यूडको कारण जीवन दान दिन पुगे । विश्व माझ देशको गौरव बढाउन हिंडेका शाहसी यात्री देशकै नाममा आफनो आखिरी सास दिएर यो संसारबाट हमेशाको लागि बिदा भएर गए । डेनाली चढेर न्युयोर्क आएर हामीसगै भेटने ऊनको त्यो ईच्छा पूरा हुन सकेन । ऊनको यो सपना अधुरो नै रह्यो । मेरो भतिजले मलाई र हाम्रो परिवारलाई असहनीय पीडा दिएर गए । ऊनको यो अकल्पनीय मृत्युले अत्यन्तै आहत बनाएको छ । यो मेरो लगायत संपूर्ण नेपालीको लागी दुर्भाग्यपूर्ण र अपूरणीय क्षती हो । आज पूरा नेपाल संजयको यादमा रोई रहेको छ । उनको मृत्यु भएपछि देशले अमूल्य गहना गुमाऊनु परेको महसुस भएको छ । नेपाल आमाका पराक्रमी सुपुत्र संजय पण्डित नेपालको इतिहासमा सदैव अमर रहने छन । उनले देखाएको साहस आऊने पीढाका युवाहरुलाई प्रेरणाको स्रोत हुनेछ ।

(लेखक अल्ट्रा धावक तथा पर्वतारोही सन्जय पण्डितका काका हुनुहुन्छ। )

प्रतिक्रिया