शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ००:२६
वासिङटन डिसी 14:41

साउनदेखि श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा कडाइ

इनेप्लिज २०७४ असार १५ गते १३:५५ मा प्रकाशित

भक्तपुर, १५ असार । न्यूनतम पारिश्रमिक निर्धारण समितिले आगामी साउन १ गतेदेखि कडाइका साथ श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिक लागू गर्ने भएको छ ।
आज नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको समन्वयमा समितिले आयोजना गरेको एकदिने कार्यशालामा समितिका सदस्य युवराज विद्रोहीले उक्त जानकारी दिनुभएको हो ।

उहाँले टेलिभिजन र एफएममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयका लागि कडाइ गरिएको बताउँदै आफूहरुले उपत्यकालगायत देशभरिका सञ्चारमाध्यममा अनुगमन गरिरहेको उल्लेख गर्नुभयो ।

शाखाका अध्यक्ष पुस्करराज बुढाथोकीले पत्रकारको हक, हितका पक्षमा वकालत गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया