पिजा रेष्टुराँ मालिक गोपाल विश्वकर्माको सामाजिक मोह

इनेप्लिज २०७४ असार १ गते ०:०३ मा प्रकाशित

 

म्याग्दीमा जन्मिएर अमेरिकालाई कर्म भूमी बनाएका गोपाल विश्वकर्मा एक कुशल र सफल व्यवसायीका साथै समाजसेवी पनि हुनु हुन्छ । अमेरिका पुगेको ८ वर्ष पछि आफै व्यवसाय सञ्चालन गर्दै आएका विश्वकर्माले बाल्टिमोरमा पिजा–रेष्टुराँ सञ्चालन गर्नु भएको छ ।

राजनीतिक पृष्ठभूमीबाट व्यापारिक जीवनका साथै समाजसेवामा समर्पित उहाँमा हरेक क्षेत्रलाई नेतृत्व गर्न सक्ने गुण छ । जसले गर्दा उहाँ सफलताको यो सिढी पार गर्न सक्नु भएको हो । बाल्टिमोर मात्र नभएर उहाँ अमेरिकी नेपाली समुदायमा एक सक्षम, सफल तथा योग्य व्यापारी र सक्रिय सामाजिक व्यक्तित्वको रुपमा स्थापित भइ सक्नु भएको छ ।

पोखरा पृथ्वीनारायण (पीएन) क्याम्पसबाट स्नातक गरेका विश्वकर्मा सन् १९९६ मा विजनेश भिसाबाट अमेरिका आएको बताउनु हुन्छ । हुँन पनि उहाँले अमेरिका गएको केही वर्षमा व्यवसाय शुरु पनि गर्नु भयो । व्यवसाय फस्टाउँदो अवस्थामा छ । धेरैले उहाँको रेष्टुराँमा रोजगारी पनि पाएका छन् । व्यवसाय बाट मात्र उहाँलाई सन्तुष्ट मिल्न सकेन र विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भएर अहिले समाज सेवामा पनि उत्तिकै अग्रसर हुुनुहुन्छ ।

दलित, उत्पीडन तथा पछाडि परेका समुदायको हक, हित र अधिकारका लागि उहाँको आवाज जहिले पनि उचो हुने भएकोले उहाँले ‘नासो’ नामक सामाजिक संघ संस्थाको अध्यक्षको कार्यभार पनि सम्हाल्दै आउनु भएको छ ।

नेपाली काँग्रेस भातृसंगठन अमेरिका जनसम्पर्क समितिको सदस्य समेत रहनु भएका विश्वकर्मा कर्म गरे अवश्य मिठो फल पाइने बताउनु हुन्छ । राजनीतिक पृष्ठभूमीबाट व्यापार व्यवसायमा लागेपनि उहाँमा अझैसम्म पनि राजनीति मार्फत समाज सेवा गर्ने धित मर्न सकेको छैन । अझ बरु झागिदो अवस्थामा छ ।

एनआरएन अमेरिकाको निकट भविष्यमा हुन लागेको चुनावमा संस्थालाई आधुनिक, सर्वोपरी हितको लागि काम गर्न सक्ने नेतृत्व आउनु पर्नेमा उहाँँ जोड दिनुहुन्छ ।

 

प्रतिक्रिया