यस्तो रह्रयो वर्ल्ड नेवा:अर्गनाईजेशन जापानको गुन्मा केन भ्रमण

इनेप्लिज २०७४ जेठ २६ गते ३:१२ मा प्रकाशित

 

 

टोकियो-जून  महिनाको ४  तारिख आईतबारको दिन गुन्मा केनको फुकिवारी नो ताकि ,कावाबा मिचिनो एकि र ओइगामि ओनसेनको  भ्रमण कार्यक्रम वर्ल्ड नेवा:अर्गनाईजेशनले  सम्पन्न  गरेको छ ।
 सो भ्रमण  कार्यक्रममा बिभिन्न खालका मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो । जसमा उपस्थित महानुभाबहरुले नमुना नेवा:आईडलको कार्यक्रममा सहभागि भई  गित गाएर भरपुर मनोरंजन गरिएको थियो ।जापानी नागरिक ब्यांचा दाईले ‘चंखु चिया चिर्चिर बखुंचा मिर्मिर ‘भन्ने नेपाल भाषाको गित  गाउँदा  सबैलाई चकित पारेको थियो l  मान नर्सिङ्ग शाक्य प्रथम ,जनक राज शाक्य दोस्रो र सकुल प्रजापतिले तेस्रो भई मनोरन्जनात्मक नमुना नेवा:आईडल कार्यक्रमको उपाधि जित्नु भएको थियो l
 त्यस्तै सापारुको(गाईजात्रा ) दिन भक्तपुरमा नचाइने ‘घिन्ता घिसि नाच ‘उपस्थित सबैले सहभागि भई भरपुर नाचेका थिए l त्यस्तै धिमे बाजा र भुस्या बाजाले वातावरण नेपालको जात्राको अनुभूति दिलाएको थियो l
सकुल प्रजापतिले घिन्ताघिसी नाचको तालिम  ,रुकेश गोसाइले धिमे र मनोहरलाल शाक्यले भुस्या बाजा बजाई वातावरण नेपालमय बनाएको थियो  l
उक्त  कार्यक्रममा बाल बालिकाहरु  ,दाजु भाई दिदि बहिनिहरु , जापानी  तथा चाईनिज साथीहरु सहभागी भइ पारिवारिक वातावरणमा सम्पन्न भएको थियो l
जापानमा कार्य व्यस्तता भएपनि उपस्थित हुनु भएका सम्पूर्ण नेपाली ,जापानी र चाईनिज साथीहरुलाई वोर्ल्ड नेवा:अर्गनाईजेशन जापानको तर्फ बाट  धन्यवाद दिंदै यस्तै मनोरन्जनात्मक कार्य गरि हाम्रो भाषा संस्कृतिको परिचय  हाम्रो बालबालिकाहरुलाई चिनाउने कार्यहरु गर्दै जाने  र   उक्त भ्रमणलाई सहयोग गर्नु हुने Gunma association of tourism, local products & international exchange  ( 群馬県観光物産国際協会)का प्रतिनिधि आकिको कुबो र oigaami  Tourism association का अध्यक्ष कानेको मिचुरुज्युलाई  धन्यवाद दिंदै फेरि गुन्मा केन भ्रमण गर्न आउने बाचा गर्दै संस्थाका संयोजक सुनिल कुमार शाक्यज्युले कार्यक्रम समापनको  घोषणा  गरेको थियो l

 

 

 

 

 

प्रतिक्रिया