काभ्रेपलाञ्चोकमा ४०१ दलित महिला उम्मेदवार

इनेप्लिज २०७४ वैशाख २१ गते १३:५९ मा प्रकाशित

बनेपा, २१ वैशाख । छ नगरपालिका र सात गाउँपालिकासहित १३ वटा स्थानीय तहको लागि १३५ वडाका ४०१ दलित महिला सदस्यले उम्मेदवारी दिएका छन् । ती वडामा उम्मेदवारी दिएकामध्ये १३५ दलित महिला मात्रै निर्वाचित हुने छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार धुलिखेल नगरपालिकामा २६, नमोबुद्ध नगरपालिकामा ३८, मण्डनदेउपुर नगरपालिकामा ३५, पनौती नगरपालिकामा ४०, पाँचखालमा नगरपालिकामा ४२ र बनेपामा नगरपालिाकामा ४२ सहित २२३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै महाभारत गाउँपालिकामा २१, तेमाल गाउँपालिकामा २५, रोशी गाउँपालिकामा ४१, भूम्लुगाँउपालिकमा ३१, बेथनाचोक गाउँपालिकमा १८, चौरीदेउरालीमा २७ र खानीखोलामा १५ सहित १७८ जना दलित महिला सदस्यले उम्मेदवार मनोनयन गरेका छन ।

यसबाहेक दलित तथा अल्पसङ्ख्यकबाट ६४ जनासमेत निर्वाचित हुने छन् । मनोनयनमा दलित तथा अल्पसङ्ख्यकको विषयमा फरकफरक व्यवस्थापन नभई अन्य भएकाले त्यसको विवरण आउन नसकेको निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राप्रपा नेपाललगायतका विभिन्न दलले दलित महिला सदस्यका लागि उम्मेदवार उठाएका छन् ।

प्रतिक्रिया