नाइजेरियामा नेपालको पर्यटन र संस्कृती सम्बन्धि बृत चित्र प्रदर्शन ।

इनेप्लिज २०७४ वैशाख १६ गते २०:४१ मा प्रकाशित

लेगोस , नाइजेरिया ।”अफ्रो एसियन कम्युनिटी निसिएटिभ फर डेभलोपमेन्ट ” द्वारा लेगोस ,नाइजेरियामा आयोजित कार्यक्रममा नेपालको सस्कृती र पर्यटन माथी आज एनआरएनए नाइजेरियाद्वारा एक बिशेष प्रस्तुति गरियो । एनआरएनएको अथिती देबो भव अन्तर्राष्ट्रिय अभियान अनुरुप तयार पारिएको करिब २० मिनेटको श्रब्य दृश्य प्रस्तुति अफ्रीकन ,भारतिय र अन्य एसियन दर्शक माझ प्रस्तुत गरिएको थियो ।

एनआरएनए नाइजेरियाका कार्यबाहक अध्यक्ष जनक बिस्टले नेपाल एसियन सस्कृतीकै केन्द्र बिन्दु भएको ,भगवान बुद्धको जन्मस्थान र सर्बोच्च शिखर सगरमाथा लगायत दर्जनौ हिम शृङ्खला भएको सुन्दर देश रहेकोले अफ्रिकन र यहाँ स्थित आप्रवासी समुदायलाई एक पटक नेपाल घुम्न आमन्त्रण गर्नु भयो ।

कार्यक्रममा एनआरएनएका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा ,आइसिसी सदस्य चिरन्जिबी रोका , एनसीसी नाइजेरियाका प्रबक्ता रोहित भाङ्गर लगाएत सदस्यहरुको सहाभागिता रहेको थियो ।

प्रतिक्रिया