एन आर एन अन्तराष्ट्रिय समन्वय परिषद सचिब श्री अर्जुन कुमार श्रेष्ठद्दारा पानी अभियानको लागि जारी गरिएको शुभकामना सन्देश

इनेप्लिज २०७३ चैत २५ गते ०:०३ मा प्रकाशित

एन आर एन ए पोल्यान्डका बरिष्ठ उपाध्यक्ष मित्रलाल पार्देको पहलमा हरेक घरमा धारो होस् , हरेक गाउँमा सिंचाइ होस् मूल उद्देश्यमा आधारित भएर शुरुवात गरिएको पानी अभियान अब हाम्रो साझा मुद्दा भएको छ । साविकको लक्ष्मीपुर गाविस सुनपुर दाङबाट शुरुवात भएको पानी अभियानले शुरुवाती चरणमा उक्त गाउँमा पानीको समस्या समाधान गरोस् । पानीको हाहाकार भएको समस्यालाई समाधान गर्न र ग्रामीण उद्यमशीलतालाई माथी उठाउन “घर घरमा धारा, गाउँ गाउँमा सिंचाई” भन्ने मुल नाराका साथ करोडको पानी अभियान शुरु गरेको खबर सुन्दा हामिलाई खुशी लागेको छ । अहिले सो अभियान सबैको साझा बनेको छ र देश विदेशबाट सहकार्यका हातहरु अगाडि बढेका छन् ।

यसर्थ पानी अभियानको नारा पुरा नहुँदा सम्म घरमै नजाने गरी पानी अभियान चलाइरहनु भएका मित्र लालको कदमलाई सहयोग र साथ दिन हुन नेपाल सरकार लगायत सम्बन्धित निकायसित पनि जोड्दार माग गर्दछु । नेपाल सरकारले पनि यथाशिघ्र कुनै ढिलाई नगरी पानी अभियान शुरु भएको गाउँमा हरेक घर धारो र सिंचाइ नारा कार्यान्वयन् गर्न पहल गरोस् । समाजका हरेक तह र तप्काका व्यक्तिहरुलाई सो अभियानलाई सार्थक बनाउन यहाँको प्रत्यक्ष परोक्ष साथ र सहभागिताको हार्दिक अपेक्षा सहित यो अभियान पानी नपाएको हरेक गाउँमा पुगोस् । पानी अभियानको नारा पुरा होस्, सफलताको शुभकामना !
श्री अर्जुन कुमार श्रेष्ठ
सचिब गैर आवासीय नेपाली संघ
अन्तराष्ट्रिय समन्वय परिषद

प्रतिक्रिया