पोल्यान्डमा नेपाली सिनेमा लूट २ भव्यतापुर्वक प्रदर्शन

इनेप्लिज २०७३ चैत ७ गते ५:४४ मा प्रकाशित

पोल्यान्डको वारसवामा मार्च १९ गते पहिलो पटक सिनेमा हलभित्र नेपाली सिनेमा लूट २ को भव्यतापुर्वक प्रदर्शन भएको छ । झन्डै २०० जनाको उपस्थितिमा हल भित्र भएको लूट २ को प्रदर्शनमा दर्शक हरुले मिश्रित प्रतिक्रिया दिएका थिए ।” पोल्यान्डमा चुनौती बोकेर नै हामी केही नेपालीहरुले लूट २ लिने सोच बनायौ र सफल पनि भयौ यसको लागि फिल्म हेर्न आउनु हुने सबै दर्शकहरुलाई आभार प्रकट गर्दछु ।” यो भनाई थियो फिल्म व्यवस्थापन गर्नमा महत्वपूर्ण भूमिका खेल्नुहुने श्री सुरज कार्कीको । लूट प्रदर्शन गर्नमा बिशेश भुमिका श्री सुरज कार्की , जीवन केसी , नारायण चालिसे बिनोद आचार्यले खेल्नु भएको थियो ।

स्मरण रहोस् पोल्यान्डकै इतिहासमा सिनेमा हल भित्र प्रदर्शन गरिएको नेपाली फिल्म लूट २ हो । उक्त सिनेमा हेर्न जनसम्पर्क समिती अध्यक्ष एवम एन आर एन आइसीसी सदस्य डा एलिनी पोखरेल सुवेदी , अनेकस पोल्यान्डका अध्यक्ष एवम एन आर एन ए पोल्यान्डका महासचिव श्री श्रीकृष्ण न्यौपाने एन आर एन ए पोल्यान्डका वरिष्ठ उपाध्यक्ष मित्र लाल पार्दे लगायत विभिन्न व्यक्तिहरु पुग्नु भएको थियो । उक्त फिल्म सफल पार्न विभिन्न क्षेत्रबाट पोल्यान्डमा पढ्दै आएका बिनय अधिकारी लगायत धेरै विध्यार्थीहरुको पनि उल्लेख्य भुमिका देखिएको थियो भने वारसवा भन्दा बाहिरको शहर उजबाट पनि “परदेशी केटा ” लगायत केही व्यक्तिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया