डीसीमा प्रहरीले जलिरहेको कार बाट जिवितै चालकलाई यसरी बचाए : हेर्नै पर्ने भिडियो

इनेप्लिज २०७३ फागुन ११ गते ३:०८ मा प्रकाशित

गत फेब्रुअरी २० तारिख सोमबार राति प्रहरीले आगो लागि रहेको कारबाट जिउदै चालकको उद्धार गरेका छन् l प्रहरी अधिकृतले आफ्नो शरीरमा लगाएको क्यामरा (चित्रग्राहिणी)ले प्रत्यक्ष जलिरहेको सवारी साधनको कैद गरेको भिडियो प्रहरीले सार्बजनिक गरेको छ l प्रहरीले हिम्मत साथ सिसा फुटाई प्रसंशा धमाधम पाई रहेका छन् l

वाशिंगटन डिसी को १५०० बल्क,ब्लाडेंन्स सडक उत्तर पूर्वमा चालक राती १० बजेर २० मिनेटमा दुघर्टना भए पछि प्रहरी घटना स्थलमा पुग्दा कार जलिरहेको थियो l जब गाडीमा धुवाको मुस्लो आई रहेको अवस्थामा कोहि भित्र छ भनि आवाज दिदा कसैले नबोले पछि झ्याल फुटाएर भित्र बाट बेहोस भएर लडी रहेका त्यी चालकलाई तानेर सडकमा उद्दार गरेका थिए l

प्रहरीले आकस्मिक सवारी साधन बाट अस्पतालमा लगी ति चालकको उपचार गरि घर पनि पठाई सकेका छन् l दूर्घटनाको कारण बारे पूर्ण बिबरण अहिले सम्म प्रहरीले कुनै जानकारी नगराएको एनबिसी वाशिंगटनले लेखेको छ l

सौजन्य :डीसी प्रहरी

प्रतिक्रिया