राष्ट्रपति ट्रम्पका क्रियाकलापले नेपालीमा परेको आशंका निवारणमा एन.आर.एन अमेरिका सक्रिय (भिडियोसहित)

इनेप्लिज २०७३ फागुन १० गते १३:५२ मा प्रकाशित

 

 

Dallas,Texas , Feb 20 

एन.आर.एन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पछिल्ला क्रियाकलापले अमेरिकामा रहेका नेपालीमा परेको अाशंका निवारण गर्न आफूहरु सक्रिय रहेको बताएका छन् । युएस खबरको स्तम्भ युएस संवादमा कुराकानी गर्दै पौडेलले टेक्सस र डालसमा जनचेतनाका कार्यक्रमहरु गरिरहेको बताएका हुन् ।

 

उनले अमेरिकाको टेक्ससमा भएको एनआरएन अमेरिकाको ५ औँ वार्षिक साधारण सभा सहभागिता तथा व्यवस्थापनको आधारमा आफू सन्तुष्ट रहेको भनाइ राखे । साथै यस्तो कार्यक्रमको अयोजनाका निम्ति उत्साह थपिएकोमा जोड दिएका छन् ।

 

अध्यक्ष पौडेलले एन.आर.एनको आसन्न निर्वाचनमा उम्मेद्वारीका लागि आफूले केही नसोचेको बताए । यद्यपि फेरी उमेद्वारी दिन सकिने प्रावधान रहेकाले आफूले अध्यक्षका लागि उमेद्वारी दिएमा आश्चर्य नमान्न समेत आग्रह गरे । उनले अध्यक्षका आकाङ्क्षी साथीले समर्थन गर्न भनेपनि आफूले कामको मूल्यांकन अनुरुप समर्थन र आफूनै फेरी अध्यक्षमा उठ्ने बारे निर्णय लिने बताए ।

 

नियमित डाक्टरी पेसाको समय बचत गरेर आफ्नो कार्यकाललाई सफल बनाउन र संस्थालाई संस्थागत रुप दिन हर प्रयास गरेको उनले स्पस्ट गरे । आफ्नो भावी रणनीति एन.आर.एन आइ.सी.सी को नेतृत्वमा पुग्नु नै भएकोेमा जोड दिए । उनले एन.आर.एन संस्था बलियो हुँदा यहाँ बसोबास गर्ने नेपालीलाई तत्कालिन कुनै पनि लाभ नदेखिए पनि दिर्घकालिन लाभ रहेको बताए ।

https://www.youtube.com/watch?v=nV9Is41gMRg

प्रतिक्रिया