नायब सुब्बाका लागि मागभन्दा १६६ गुणा बढी आवेदन

इनेप्लिज २०७३ फागुन ५ गते १३:५१ मा प्रकाशित

काठमाडौँ, ५ फागुन । लोकसेवा आयोगले राजपत्रअनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) पदमा माग गरेभन्दा करिब १६६ गुणा बढी आवेदन परेको छ ।
आयोगले माग गरेको चार सय ५८ पदमा ७६ हजार तीन सय ९९ जनाको आवेदन परेको दरखास्त सङ्कलन शाखाका अधिकृत नारायण गौतमले जानकारी गराउनुभयो । आयोगले गत पुसको अन्तिम सातादेखि माघ २८ गतेसम्म रापअ प्रथम श्रेणीका विभिन्न समूहका पदमा आवेदन माग गरेको थियो । अनलाइनमार्फत फाराम भरेकामध्ये ६७ हजार आठ ९८ जनाले आयोगमार्फत तथा अन्यले हुलाकमार्फत शुल्क बुझाएको उहाँले जानकारी गराउनुभयो ।

उहाँका अनुसार पाँच विकास क्षेत्रबाट आवेदकले फाराम भरेका थिए । रापअ प्रथम श्रेणी समूहमा नासुका लागि प्रशासन, परराष्ट्र, राजस्व, लेखा र न्यायसेवातर्फ विज्ञापन गरिएको थियो । नासुको यही फागुन २८ गते परीक्षा हुँदैछ। रासस

प्रतिक्रिया