दक्षिण कोरियामा पानी अभियानमा ताते नेपालीहरू

इनेप्लिज २०७३ फागुन ४ गते ७:१० मा प्रकाशित
पानी अभियानको सहयोगार्थ दक्षिण कोरियामा रहेका युवा सामाज सेवी श्री निमेष कुमार ओलिको नेतृत्वमा ” मान वन पानी अभियान ” एक हप्ते स्वस्फूर्त कार्यक्रम शुरु भएको खबर प्राप्त भएको छ । तिर्खाएका आत्माहरुले पानी पाउनुपर्छ भन्दै ” मान वन पानी अभियान “का नेतृत्वकर्ता निमेष कुमार ओलिले यो कार्यक्रम शुरु भएको दिनमै 4 लाख कोरियन वन भन्दा बढी रकम जम्मा भएको जानकारी दिनु भएको छ ।उहाँ पानी  अभियानमा सहयोग गर्नको लागि  हरेक समुदायलाई अपिल गर्दै लेख्नु भएको छ ।
*#पानी_अभियानलाई_सहयोग_गरिदिन_हार्दिक_अपिल *
(मात्र मान वोन)
पढाईको सिलसिलामा आफ्नो जन्मभुमी छोडेर पनि देश र जनता प्रतिको मायाका साथै एउटा उत्तरदायित्त्व सम्झिदै तपाईं हामी जस्तै एक युबा मित्रलाल पार्दे (Mitra Lal Parday) अर्थात NRN पोल्यान्डका उपाध्यक्ष जसले पिउने पानीको अभाबमा छट्पटिएका जनताको लागी पिउने तथा सिचाईको लागी भनेर १ करोड रुपैयाँको कोष स्थापना (http://global.setopati.com/opinion-blog/2625/) गर्न संसार भर अभियान छेड्नु भएको छ र उक्त अभियानलाई  राष्ट्रिय अन्तर्राष्ट्रिय  स्तरमा कलाकार लगाएत सर्बसाधारणहरुले स्वस्फूर्त रुपमा सहयोग गरिरहनुभएको छ । त्यसैले हामिले पनि एउटा युबालाई प्रेरणा दिन दक्षिण  कोरियामा उहाँको करोड पानी अभियानलाई सहयोग गर्ने अभिप्रायका साथ “मान वन पानी अभियान “सन्चालन गर्दैछौ । यो अभियान मात्र १ हप्ता अर्थात एही फेब्रुअरी १९ तारिख साँझ १० बजे सम्म रहनेछ । एस अभियानलाई सहयोग गरी  एक युबाको रास्ट्र निर्माणका साथै पानीको अभाबले छट्पटिएका बुवाआमा दाजुभाई दिदीबहिनिहरुलाई साथ दिनुहुन हामी सम्पूर्ण कोरियामा बस्नुहुने नेपाली दाजुभाई दिदी बहिनिहरुलाई हार्दिक हार्दिक अपिल गर्दछौ । जसका लागी IBK बैंकको तल दिएको खातमा १०००० ₩ मात्र सहयोग गर्न सक्नुहुनेछ । धन्यबाद ।
IBK Bank
Code oo3
Oli Nimesh kumar
Acc no 63103106601010
एकै दिनमा धेरै भन्दा धेरै व्यक्तिहरुले सहभागिता जनाउदै ४ लाख वन भन्दा धेरै  रकम सहयोग प्राप्त भैसकेको जानकारी श्री वलिले गराउनु भएको छ ।
पानी अभियानमा दक्षिण कोरियाबाट एकैदिनमा सहयोग गर्ने  व्यक्तिहरुको नामावलीकोरियन वनमा एकैदिन अहिले सम्म सहयोग गर्नु हुने महानुभाबहरुको नामावली एस प्रकार छ:

१ बिनोद कुवर NRN ICC           10000
२ अन्जु के सि NCC                    10000
३ चित्र मोक्तान जनजाती महासंङ  10000
४ महेन्द्र राई संघिय समाजबादि     10000
५ मल्लिका थकाली WFW            10000
६ रन्जन कुवर पत्रकार महासघ      10000
७ खगेन्द्र बुढामगर जनप्रगतिसित   10000
८ गोविन्द गौतम काभ्रे                   10000
९ बिर कुमार ओली राप्ती समाज   10000
१० अशोक बुढामगर १८ मगरात   10000
११ दीपक पुन नाङ्लो रेष्टुरेन्ट      10000
१२ निमेष कुमार ओली दाँङ्ग        10000
१३ नबिन गुरुङ्ग मोरङ                10000
१४ हरी खनाल ईलाम सुर्योदय      10000
१५ पुरुषोत्तम गौतम रामेछाप       10000
१६ सोम तामाङ नुवाकोट           10000
१७ सुबाश गौतम रामेछाप           10000
१८ कृष्ण गौतम रामेछाप             10000
१९ जुनु गुरुङ सुभेक्ष्या                10000
२० ईश्वर कठायत हेटौडा             10000
२१ दिपक चन्द दाङ्ग                   10000
२२ गोपाल बोहरा रुकुम               10000
२३ राजेश ठकुरी लम्जुङ            10000
२४ कमल (के पि)कुसारी रुकुम   10000
२५ एकराज डाँगी दाँङ्ग              10000
२६ मोहन पून दाँङ्ग                    10000
२७ नरेन्द्र ओली दाँङ्ग                  10000
२८ निर्मल के सि दाँङ्ग                  10000
२९ आकाश ओली रोल्पा              10000
३० रामचन्द्र बुढामगर रुकुम          10000
३१ ओम प्रकाश के सि दाँङ्ग           10000
३२ उमा नेपाल सिन्धुपाल्चोक       10000
३३ लाल बहादुर महरा रोल्पा         10000
३४ शुक बहादुर थापा दाँङ्ग            10000
३५ अर्चना बस्नेत दाँङ्ग                  10000
३६ गोबिन्द गौतम रामेछाप            10000
३७ सन्तोष अधिकारि धादिङ्ग         10000
३८ सर्बजित शाह नुवाकोट             10000
३९ मेघराज पौडेल दाँङ्ग                 10000
४० नेपालको राम                          10000
४१ अशोक खड्का गुल्मी                10000
४२ अनिता श्रेष्ठ (काभ्रे)                  10000

समाज परिवर्तन स्वस्फूर्त आत्मा जागेर  हुन्छ भन्ने मान्यतामा आधारित एक सामान्य युवाले शुरुवात गरेको  पानी अभियान देशविदेशमा महाअभियान बन्न गैरहेको छ ।

प्रतिक्रिया