अमेरिकाको बाल्टिमोरमा “तमु ल्होशार” भब्यताका साथ मनाईयो

इनेप्लिज २०७३ पुष २३ गते ११:१३ मा प्रकाशित
 

७ जनवरी ,अमेरिकाको बाल्टिमोर शहरमा “बाल्टिमोर तमु समाज” को आयोजनामा तमु ल्होशार भब्यताको मनाईयो ।स्वागत समारोह र बिबिध सांस्कृतिक कार्यक्रम गरेर दुई चरणमा संचालित कार्यक्रममा गुरुङ भाषाको गीतहरु र गुरुङ संस्कृतीको छ्यादु नृत्य, छ्याले नृत्य, कौडा र मारुनी नृत्यमा दर्शकहरुले भरपुर मनोरंजन लिए ।

रात्रिभोज सहित “स शुल्क ” को पनि ब्यबस्था गरिएको उक्त रमाईलो साँझमा गुरुङ भाषाको गीत तथा नृत्यहरु सहितको सांस्कृतिक कार्यक्रममा दर्शकहरु मध्ये रात सम्मै नाचेका थिए । नेपाल र अमेरिकाको रास्ट्रिय गान बाट शुरु गरिएको स्वागत समारोहमा भर्खरै नेपाल देखी आउनु भएकी आदिबासी जनजाती महिला महासंघकी केन्द्रिय उप सभापती कुसुम भट्टचनलाई खादा र ब्याच लगाई दिएर अमेरिकामा स्वागत गरिएको थियो।

अमेरिकाको पेन्सिल्भानिया र म्यारिल्याण्ड को लागी नेपाल सरकारका महा-बाणिज्यदुत प्रेमराजा महतको प्रमुख-आतिथ्यमा भएको स्वागत समारोहमा ल्होशार-सयोजक कुल प्रसाद गुरुंगले उपस्थित सबैलाई स्वागत गरेका थिए।

बाल्टिमोर तमु समाजको आयोजनामा यो पहिलो ल्होशार भएको कुरा संस्थाका सल्लाहकार कुल प्रसाद गुरुङले आफ्नो स्वागत मन्तब्यमा बताए । कार्यक्रमका प्रमुख अतिथी प्रेमराजा महत, बाल्टिमोर तमु समाजका अध्यक्ष दिनेश गुरुङ र बयोबृद्ध लोक बहादुर गुरुङ तिन जनाले संयुक्त रुपमा पानसमा बत्ति बालेर उद्घाटन गरिएको स्वागत समारोहमा ग्रेटर वाशिंगटन तमु समाजका अध्यक्ष नन्द गुरुंगले सम्बोधन गरेका थिए।

म्याग्दी जिल्ला ताकम-धारापानीका मोहन थापा संचालक रहेको बाल्टिमोरको व्हाइट मार्स स्थित ” पार्कर्स ” नाम गरेको गरेको ३ सय देखि ४ सय क्षमताको बेन क्वेट हल पार्टी प्यालेसमा तमु-ल्होशार आयोजना गरिएको थियो। इनेप्लिज र डिसीनेपालले गरेको लाईभ प्रत्यक्ष प्रशारणमा संसार भरी बाट बाल्टिमोर – अमेरिकाको तमु ल्होशार लाईभ हेरेका थिए।

 
dsc01351
ल्होशार-सयोजक कुल प्रसाद गुरुंग / ग्रेटर वाशिंगटन तमु समाजका अध्यक्ष श्री नन्द गुरुंग
 
dsc01362
NRN USA को अध्यक्ष-पदका ऊम्मेद्वार रबिना थापा, आयोजक तमु महिला कार्यकर्ता र नेपाल देखी आएकी पाहुना: आदिबासी जनजाती नेत्री कुसुम भट्टचन
dsc01384
प्रमुख अतिथी महा-बाणिज्यदुत प्रेमराजा महतको साथमा नन्द गुरुङ र दिनेश गुरुङ
dsc01295
dsc01370
dsc01275
dsc01440

 

प्रतिक्रिया