गायक श्रेष्ठको म्यूजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७३ पुष २१ गते २२:११ मा प्रकाशित

 

गायक तिलक श्रेष्ठले आफ्नो दोस्रो एल्वमबाट हालै नयॉ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छ्न् ।
सार्वजनिक गरिएको “धड्कन विना” बोलको गीतका गीतकार किशोर थापा हुन् भने गीतको संयोजन गोपाल रसाइलीले गरेका हुन्। अर्जुन अधिकारी द्वारा निर्देशन गरिएको उक्त म्युजिक भिडियोमा क्यामारामा उत्सव दाहाल र सम्पादनमा निशान घिमिरे रहेका छ्न् । नेपालकै उत्कृष्ट नायिकाहरु मध्यकी सुन्दरी नायिका केकी अधिकारीद्वारा अभिनीत यस म्युजिक भिडीयोमा गायक श्रेष्ठ स्वयम्ले पनि अभिनय गरेका छ्न् ।
उनले आफ्नो दोस्रो एल्वममा ७ (सात) वटा गीत समावेश गरेका छ्न् । सबै गीतका संगीत भने चर्चित संगीतकार हरी लम्सालले गरेका छ्न् । त्यस्तै राजेन्द्र थापा, डा. कृण्णहरि बराल, लोकराज अधिकारी, किशोर थापा,रोशन पाल्पाली, पासाड० शेर्पा र हरि लम्सालका शब्दहरु सो गीति एल्वममा रहेका छ्न् ।
प्रतिभाशाली श्रेष्ठ एनआरएन अमेरिकाको महासचिव पनि हुन् ।

 

प्रतिक्रिया