अर्बपति बिनोद चौधरीले पशुपति बुद्ध मन्दिर मेरिल्याण्डलाई ठुलो बुद्धको मुर्ति दिने

इनेप्लिज २०७३ पुष १८ गते २:४७ मा प्रकाशित

binod-buddha

अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित पशुपति बुद्ध मन्दिरलाई नेपालका एक मात्र अर्बपति तथा उद्योगपति बिनोद चौधरीले ठुलो बुद्धको प्रतिमा दिने भएका छन् l

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र(एनईसीसी )का सभापति खिलेन्द्र न्यौपाने ले एक सार्बजनिक सूचना दिदै उक्त जानकारी दिएका छन् l नयाँ बर्ष २०१७ को शुभ अवसरमा अर्बपति चौधरीले करिब ८ फिट लामो तथा ८ सय पाउण्ड बराबरको मुर्ति नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रलाई दिने निर्णय गरेको बताईएको छ l उक्त बुद्धको मुर्ति ३ महिना भित्र बनि सक्ने छ भने बुद्ध जयन्तिको अवसरमा पशुपति बुद्ध मन्दिरले बौद्ध भेलाको आयोजना गर्ने छ l उक्त भेलाको लागि नेपाल बाट वरिष्ठ रिम्पोचे (बौद्ध गुरु ) मगाउने समेत आज बसेको एनईसीसीको बैठकले निर्णय गरेको सभापति नेउपानेले बताए l

30518

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रमा रहेको करीब ७६ रोपनी जग्गामा लुम्बिनी बगैचाको निर्माण गरिने र उक्त मुर्ति उद्यान बीचमा राखिने योजना समेत रहेको छ l यो अद्वितीय कार्यको पहल मेरिल्याण्ड तथा पेन्सिल्भानिया का लागि नेपाल सरकारका महा बाणिज्य दूत प्रेम राजा महतले गरेका हुन् l एनईसीसीका सभापति न्यौपानेले एक पटक महतलाई सबै समुदाय तथा आफ्नो तर्फ बाट बिशेष कृतज्ञता ज्ञापन गरेका छन l र यो ऐतिहासिक कार्य भएकोले सबैले महा बाणिज्य दुतलाई धन्यवाद दिनु पर्ने कुरा उल्लेख गरेका छन् l

necc

उद्योगपति चौधरीले मुर्ति बनाउन भारतमा समेत आदेश गरि सकेको न्यौपानेले जानकारी दिएका छन् l एनईसिसि द्वारा प्रकाशित सार्बजनिक सूचना अनुसार सन् २०१६ मा एनईसीसी ले आयोजना गरेको देउसी भैलोमा नेपालका ख्याती प्राप्त कलाकार महजोडीले साथ दिदा करिब ४४ हजार डलर संकलन भएको समेतलाई उपलब्धि मान्नु पर्छ सभापति न्यौपानेले भने l

30357

उनले कसरी यो समुदायको सम्पतिलाई प्रबर्धन तथा सम्बर्धन गर्न सकिन्छ भन्ने कुरामा आफु चिन्तीत रहेको बताए l दोश्रो पुस्ताले हाम्रो कला ,परम्परा तथा संस्कृतिलाई जान्न सकुन र यस प्रति उनीहरुको लगाव होस् आफ्नो चाहना रहेको समेत बताए l

30409

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र लाई पर्यटकीय स्थल बनाउने समेत लक्ष्य रहेको छ l गत बर्ष पशुपति बुद्ध मन्दिरमा लगाइएको एकाह पुराणमा उप प्रधानमन्त्री कमल थापा तथा सांसद शसांक कोइराला समेतको सहभागिता रहेको थियो भने सन् २०१६ मा मात्र ६ पटक लाख बत्ति बाल्ने कार्यक्रम रहेको थियो l

30525

लुम्बिनी बगैचा बनाउने जिम्मेबारी परम्परागत बौद्ध धर्म संघ तथा समाज सेवी राम मालाकारको अगुवाईमा हुने भएको छ भने त्यसको संरक्षण तथा सम्बर्धन पनि यसैले गर्ने भएको छ l

आर्थिक रुपमा नेउपानेको नेतृत्वले पशुपति बुद्ध मन्दिरलाई अत्यन्तै सवल तुल्याएको जानकारी गराउदै करिब १ लाख जति मर्मत संभार तथा अन्य कार्य गरेता पनि अझ एनईसीसी को खातामा ६१ हजार डलर मौज्दात रहेको बताए l

प्रतिक्रिया