चितवनमा लायन्स क्लवको सरसफाई अभियान जिल्ला समृद्ध बनाउन लागिपर्नेः प्र.जि.अ. भ

इनेप्लिज २०७३ पुष १७ गते २०:३६ मा प्रकाशित

20161231_102252

चितवन, रत्ननगर १७ पौष ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जिल्लालाई समृद्ध बनाउन आफु सधै लागिपर्ने बताउनु भएको छ । भर्खरै मात्र सरुवा भई चितवन आउनुभएका प्रमुख जिल्ला अधिकारी भट्टले स्थानीयको समस्या तत्काल आफुलाई जानकारी गराउन अनुरोध गर्दै जिल्लालाई शान्ति सुरक्षा दिई व्यवस्थित एवम् समृद्ध बनाउन लागिपर्ने बताउनुभयो ।

20161231_101933
लायन्स क्लव अफ चितवन कालिका र कालिका नगरपालिकाले पूर्वी चितवनको कालिका नगरपालिका ५ जुटपानी बजारमा शनिबार संयुक्त रुपमा आयोजना गरेको बजार सरसफाई तथा सचेतना ¥याली कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भट्टले शान्ति सुरक्षा अमनचयनका लागि तटस्थता, निष्पक्षताका साथ जनताको पक्षमा आफु रहने बताउनुभयो । शक्तिको आँडमा कोहि हेपिने, चेपिने प्रवृत्तिको अन्त्य गराउन आफु प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो । जिल्लाका विकट तथा पहाडी क्षेत्रमा घुम्ती शिविरको आयोजना गरी घरदैलोमै सरकारी सेवा दिने, भुकम्प पिडितको समस्या समाधान गर्ने तर्फ पनि तत्काल कार्य थालनी गर्ने उहाँले बताउनुभयो । जिल्ला भित्रका सेवाग्राही कार्यालयमा एक महिनाभित्र कार्यालय सुधार काम छिटो छरितो गर्ने व्यवस्था मिलाउन आफु लागिपरेको समेत उहाँले बताउनुभयो । बजार अनुगमनलाई व्यवस्थित र तिव्रता दिई काम अगाडि बढाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी भट्टले लायन्स क्लवले गरेको सामाजिक कामको प्रशंसा गर्दै सरसफाई एवम् सचेतना कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्न समेत सुझाव दिनुभयो । घर, टोल, गाउँ स्वच्छ र विकसित भए मात्र देश विकास हुने बताउँदै उहाँले समाज रुपान्तरणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

20161231_101415

सोही कार्यक्रममा चितवनका प्रहरी उपरिक्षक दिपक थापाले कानुनी राजको पक्षमा प्रहरी सधै रहेको भन्दै समाजका विकृति, विसंगती अन्त्यका लागि स्थानीयसंग प्रंहरी सधै हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो । समाजमा राम्रो काम गर्नेका लागि प्रहरी सधै साथीको रुपमा रहने भन्दै “प्रहरी मेरो साथी” अभियानलाई अझै प्रभावकारी बनाएर अगाडि बढ्ने उहाँले बताउनुभयो । लायन्स क्लव अफ चितवन कालिकाले स्थानीयस्तरमा गरेको सामाजिक कामको प्रशंसा गर्दै प्रहरी प्रमुख थापाले लायन्स क्लव जस्तै विभिन्न सामाजिक संस्थाहरुसंग प्रहरी सधै हातेमालो गर्दै अगाडि बढ्ने र समाज सुधार गर्न प्रतिवद्ध रहेको बताउनुभयो । चोरी, तस्करी, गुण्डागर्दी, लागुऔषध दुव्र्यसनीका अन्त्यका लागि प्रहरी सधै लागि परेको बताउँदै उहाँले स्थानीयस्तरबाट सबैको साथले मात्र जिल्लालाई शान्ति सुरक्षा र अमनचयन गर्न सकिने समेत उहाँले बताउनुभयो ।

20161231_095945

कार्यक्रममा कालिका नगरपालिकाका कार्यकारी अधिकृत पुष्पराज खनालले स्थानीय संघ संस्थाहरुसंग समन्वय गरी नगरलाई स्वच्छ, स्वस्थ र व्यवस्थित गर्न आफु सधै लागिपरेको बताउनुभयो । कार्यक्रममा लायन्स क्लवका एरिया को–चिफ निरज श्रेष्ठ, नेपाली कांग्रेसका प्रतिनिधि राजु श्रेष्ठ, नेकपा एमालेका प्रतिनिधि केशव लामा, माओवादी केन्द्रका प्रतिनिधि रामध्वज डल्लाकोटी, क्लवका सचिव दिपक लामिछाने लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो । क्लवका कार्यक्रम संयोजक सुदर्शन अधिकारीले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको कार्यक्रम क्लवका अध्यक्ष बिनोद रेग्मीको अध्यक्षतामा भएको थियो ।

20161231_094639कार्यक्रममा भर्खरै मात्र सरुवा भई चितवन आउनुभएका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, प्रहरी उपरीक्षक दिपक थापा र कालिका नगरपालिकाका कार्यकारी अधिकृत पुष्पराज खनाललाई स्वागत गरिएको थियो भने इलाका प्रहरी कार्यालय रत्ननगरबाट सरुवा भई जान लाग्नुभएका प्रहरी निरीक्षक मधु नेपाललाई विदाई गरिएको थियो । सो स्वागत तथा बिदाई कार्यक्रममा क्लवको तर्फबाट दोसल्ला ओढाई सम्मान गरिएको थियो । क्लवले सोही अवसरमा नगरपालिका क्षेत्रका जुटपानी बजार, शक्तिखोर बजार, क्लवचोक, लाहुरेचोक, पदमपुर, खोलेसिमल बजार लगायतका विभिन्न स्थानमा सरसफाई सम्बन्धी सचेतनामुलक होर्डिङ्ग बोर्ड समेत राखेको थियो भने जुटपानीको प्रहरी चौकी देखि जुटपानी बजारसम्म सचेतनामुलक ¥याली समेत आयोजना गरिएको थियो । कार्यक्रममा नगरपालिका भित्रका विभिन्न सामाजिक संघ संस्था एवम् स्थानीयको सहभागीता रहेको थियो ।

20161231_093919 20161231_093247 20161231_085020 20161231_084843

प्रतिक्रिया