यातायात व्यवस्था कार्यालय ठूलो भ-याङमा

इनेप्लिज २०७३ पुष १७ गते ९:२४ मा प्रकाशित

oftfoft Joj:yf sfof{no 7"nf] e¥ofªdf  ef}lts k"jf{wf/ tyf oftfoftdGqL /d]z n]vsn] oftfoft Joj:yf ljefun] cfOtaf/ 7"nf] e¥ofªdf oftfoft Joj:yf sfof{nosf] pb3f6g ub{} . :joDe"sf] 7"nf] e¥ofªaf6 klg ;jf/L rfns cg'dltkq;DaGwL sfd ;'? ePsf] 5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, १७ पुस । स्वयम्भूको ठूलो भ-याङबाट पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी काम सुरु भएको छ ।

यातायात व्यवस्था विभागले आजदेखि ठूलो भ-याङमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र वाग्मतीको सेवा विस्तार गरेको हो । कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले यही पुस २७ गतेदेखि चाबहिल र भक्तपुरको जगातीमा पनि कार्यालय खोलिने जानकारी दिनुभयो ।

“एकान्तकुनामा मात्र रहेको वाग्मती अञ्चल कार्यालयलाई तीन स्थानमा विस्तार गरेपछि सवारी चालक अनुमतिपत्रको आवेदन फाराम भर्न र नवीकरण गर्न मध्यरातदेखि लामबद्ध हुनुपर्ने समस्या हट्नेछ, कार्यालयका कर्मचारी साथीहरुले समयमै सेवाग्राहीको काम गरिदिएर भिड अन्त गर्नुहुने विश्वास छ”, उहाँले भन्नुभयो ।

कार्यालयमा सोमबारदेखि सवारी चालक अनुमतिपत्र नवीकरण गरिने र एक हप्तापछि नयाँ अनुमति पत्र लिन आवेदन दिन सकिने कार्यालय प्रमुख वीरेन्द्र स्वाँरले बताउनुभयो ।

अनुमतिपत्र लिन सेवाग्राहीको भिड बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयलाई कार्यालय थप गर्न तीन महिनाअघि निर्देशन दिएको थियो । निर्देशनानुसार खुलेको सो कार्यालयको मासिक भाडा रु एक लाख ३९ हजार पर्नेछ । चाबहिल र जगातीमा पनि घर भाडामै लिएर कार्यालय खोल्न लागिएको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिनुभयो ।

नयाँ खुल्ने कार्यालयमा नयाँ अनुमतिपत्र लिन आवेदन फाराम भर्नेको परीक्षासमेत लिन सकिने व्यवस्था छ । विभागले एक साताअघिदेखि सवारी चालक अनुमतिपत्रको फाराम अनलाइनबाटै भर्न सकिने सेवाको सुरुआत गरेको छ । विभागले एक वर्षअघिदेखि स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको थियो ।

प्रतिक्रिया