कैलालीमा भएको गाई हत्याको सर्वत्र बिरोध

इनेप्लिज २०७३ पुष ७ गते २३:५१ मा प्रकाशित

%e0%a4%95%e0%a5%88%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a4%be%e0%a4%88%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%8b
पौष ७, काठमाडौं । कैलाली जिल्लामा सामूहिक रूपमै गाईहरूको हत्या भएको जानकारी सामाजिक सञ्जालहरूमा आइरहेको छ । तर, सरकारी निकाय यसको मामलामा मौन देखिन्छ । गाईहरूको सामूहिक हत्या भएको विषयलाई लिएर हिन्दु ॐकार भोलन्टियर्स नामक संस्थाले कडाशब्दमा बिरोध जनाएको छ । सो संस्थाका अध्यक्ष पदमराज पाण्डे र महासचिव दीपक सुवेदीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा बिरोध बिरोध जनाइएको हो ।

%e0%a4%95%e0%a5%88%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a4%be%e0%a4%88%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%8b

विज्ञप्तिमा, नेपालको संविधानले राष्ट्रिय जनावरको रूपमा सम्मान गरेको र मुलुकी ऐनले समेत राष्ट्रिय जनावर गाईलाई मार्न नपाइने र कसैले गाईको हत्या गरेमा दण्डनीय अपराध हुने भन्दै बाह्र वर्षसम्मको जेल सजायलगायतको कारवाहीको व्यवस्था गरेको सर्व विदित कुरा हो । कानूनि रूपमा यस्तो व्यवस्था हुँदाहुँदै पनि यसरी खुलेयाम गाईको हत्या हुनु र सोलाई मुक दर्शक भएर सरकारको प्रशासन रहनुले सरकार एवं सरकारी प्रशासनप्रति गम्भीर शङ्का जन्मिएको छ, उल्लेख छ ।

%e0%a4%95%e0%a5%88%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a4%be%e0%a4%88%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%8b

नेपालमा यस भूमिको सनातन वैदिक धर्म ॐकार परिवारको मुल्य–मान्यतालाई क्षीर्ण गराई यहाँको धार्मिक एवं सांस्कृतिक सभ्यतालाई धमिल्याउने र यीनै सभ्यताले निर्माण गरेको राष्ट्रिय भावनामा ह्रास ल्याई यो मुलुकलाई विखण्डन गर्ने षड्यन्त्रहरू भइनै रहेको भन्दै सनातन धर्म ॐकार परिवारको पूज्य गोवंशको सुरक्षाको विषयमा राज्यको लापरवाही देखिनुमा त्यस्तै षड्यन्त्रको हात हुनसक्ने देखिन्छ, समेत विज्ञप्तिमा भनिएको छ ।

%e0%a4%95%e0%a5%88%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a4%be%e0%a4%88%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%8b

यसै गरी विज्ञप्तिमा सो संस्थाले आफ्ना अध्यक्ष पाण्डे र महासचिव सुवेदीमार्फत अडाडि– धार्मिक एवं आस्थाको धरोहर माथि दिनानुदिन यसरी हुँदै गएको जघन्य अपराध एवं प्रहारलाई सनातन धर्म ॐकार परिवार कसैले पनि टुलुटुलु हेरेर बसिरहन नसक्ने बताएको छ । यस्ता कार्यका दोषी पत्तालगाई उनीहरूलाई अविलम्ब हदैसम्मको कडा कारवाही हुन र यस भूमिको मौलिक धर्ममाथि भइरहेका कुनै पनि प्रहारलाई तुरुन्त हटाउन सो संस्थाले सरकारसँग कडा रूपमा माग गरेको जनाइएको छ ।

विज्ञप्तिको अन्तिममा गौमाताको हत्यालाई प्रोत्साहन गरेर न हत्या गर्नेको कल्याण हुने, न हत्यालाई प्रोत्साहन गर्नेको कल्याण हुने, न त देशले नै मुक्ति पाउने कुरालाई स्मरण गराउँदै जबसम्म गौमाताको संरक्षणको सुनिश्चिता हुँदैन तबसम्म नेपाल र नेपालीको भविष्य पनि अनिश्चित रहने कुरालाई दर्शाउँदै गोवंशको रक्षा गरी गौमाताको आर्शिवाद लिई सबैको कल्याण हुने मार्ग अवलम्बन गर्न अनुरोध समेत गरिएको छ ।

यसै गरी कैलालीको गौहत्याको विषयलाई लिएर धार्मिक संघसंस्थाहरूले सर्वत्रबाट बिरोध गरिरहेको सामाजिक सञ्जालहरूमा देखिएको छ । संलग्न तस्वीरहरूको स्रोतः सामाजिक सञ्जाल ।

%e0%a4%95%e0%a5%88%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a5%8c%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%8b

प्रतिक्रिया