ज्ञान महायज्ञ दोस्रो दिन पनि जारी, भोलि ई–लाईब्रेरीको उद्घाटन कार्यक्रम

इनेप्लिज २०७३ मंसिर २२ गते १२:५१ मा प्रकाशित

बिशाल सापकोटा, चितवन, २२ मंसिर ।
पुर्वि चितवनको रत्ननगरमा हिजो (मंगलबार) देखि सुरु भएको बृहत श्रीमद भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आज (बुधबार) दोस्रो दिन पनि जारी छ ।

रत्ननगर–१३ स्थित जयमंगलामा रहेको श्रीराम मन्दिर र श्रीराम वैदिक गुरुकुलमको संयुक्त आयोजनामा सुरु भएको ज्ञान महायज्ञमा भक्तालुको उल्लेख्य उपस्थिती छ ।

महायज्ञको दोस्रो दिन आज (बुधबार) योग तथा प्राकृतिक चिकित्सा बिज्ञ डा. हेमराज कोईराला प्रमुख अतिथी रहनु भएको थियो ।

डाक्टर कोईरालाले परिसरमा उपस्थिती भक्तालुहरु माझ योग तथा प्राकृतिक चिकित्साका बारेमा प्रवचन दिनुभएको थियो ।

यसैबिच गैर आवासिय नेपाली संघले भोलि (बिहिबार) मन्दिर परिसरमा अत्याधुनिक ई–लाईब्रेरी मन्दिर व्यवस्थापन समितीलाई हस्तान्तरण गर्ने भएको छ ।

गैर आवासिय नेपाली संघ आईसिसी पब्लिक लाईब्रेरी प्रोजेक्ट तथा नेपाल लाईब्रेरी फाउण्डेशनका अन्र्तराष्ट्रिय संयोजक सोम सापकोटाको बिशेष पहलमा ५ ओटा कम्प्युटर एवंम १ सय भन्दा बढि धार्मिक पुस्तकहरु सहितको ई–लाईब्रेरी हस्तान्तरण गर्न लागिएको हो ।

मन्दिर परिसरमा चलिरहेको महायज्ञकै क्रममा भोलि बिहान ११ बजे एक बिशेष समारोहको आयोजना गरि गैर आवासिय नेपाली संघ आईसिसी पब्लिक लाईब्रेरी प्रोजेक्ट तथा नेपाल लाईब्रेरी फाउण्डेशनका अन्र्तराष्ट्रिय संयोजक सोम सापकोटा,

गैर आवासिय नेपाली संघ अन्र्तराष्टिय समन्वय परिषदका निवर्तनमा अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहाकार जिवा लामिछाने, बागमती सरसफाई अभियानका मुख्य अभियान्ता शभ्मु प्रसाद उप्रेती र गैर आवासिय नेपाली संघ अन्र्तराष्टिय समन्वय परिषदका मध्य पुर्व एसिया मिडिया को–अर्डिनेटर रवी रोशीको बिशेष उपस्थितीमा अत्याधुनिक ई–लाईब्रेरीको उद्घाटन गर्ने कार्यक्रम छ ।

वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण तथा संस्कृत शिक्षाको केन्द्रको रुपमा यस मन्दिरको विकासका लागी महायज्ञ आयोजना गरिएको मुल समारोह समितीका संयोजक भेषराज दुवाडीले बताउनुभयो ।

महायज्ञबाट संकलित रकमले हालको गुरुकुलमको कक्षा १२ सम्म स्तरोन्नति गर्ने, पुरानो ऐतिहाँसिक संरचनाको जिर्णोद्धार गर्ने, मन्दिर परिसरमा विवाह मण्डप र छात्रावास निर्माण गर्ने तथा गुरुकुलमका लागी छुट्टै आवास निर्माण गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

हिजोदेखि सुरु भएको ८ दिनसम्म अर्थात मंसिर २९ गते सम्म चल्ने महायज्ञमा पण्डित श्री अच्युतकृष्ण अधिकारीले कथा बाचन गरिरहनुभएको छ ।

महायज्ञ सम्पन्न गर्न ५ देखि ७ लाख खर्च लाग्ने र १ करोड भन्दा बढि आर्थिक संकलन हुने आयोजकको अनुमान छ ।

ब्ततबअजmभलतक बचभब

प्रतिक्रिया