कम्पनी ऐन संशोधन विधेयक प्रस्तुत

इनेप्लिज २०७३ मंसिर ३ गते १०:४३ मा प्रकाशित

काठमाडौँ, ३ मङ्सिर । व्यवस्थापिका–संसद्को आजको बैठकमा कम्पनी ऐन (पहिलो संशोधन) विधेयक, २०७३ प्रस्तुत भएको छ ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले उक्त विधेयक प्रस्तुत गर्दै जनताले घरमै बसेर बिद्युतीय माध्यमबाट पनि उद्योग दर्ता गर्न मिल्ने तथा विदेशी लगानीलाई आकर्षित गर्ने प्रावधान विधेयकमा भएको जानकारी दिनुभयो ।

उहाँले विकसित मुलुकको उदाहरण हेर्दा आर्थिक समृद्धिका लागि विदेशी लगानी आवश्यक रहेको बताउँदै उहाँले विदेशी लगानीको माध्यमबाट स्वदेशमा रोजगारी बढ्ने अपेक्षा गर्नुभयो ।

विधेयक प्रस्तुत गर्ने प्रस्तावको विरोध गर्दै नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरले सो ऐनले विदेशी प्रभुत्व बढ्ने र सरकारको जिम्मेवारी कम हुँदै जाने बताउनुभयो । उहाँको सो विरोधको सूचना बैठकले अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया