नेपाल बैंक असीऔँ वर्षमा

इनेप्लिज २०७३ कार्तिक ३० गते १३:५२ मा प्रकाशित

nepal-bank-limited_1427061040काठमाडौँ, ३० कात्तिक । मुलुकको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड आजदेखि ८०आँ वर्षमा प्रवेश गरेको छ ।

देशमा संस्थागत बैंकिङ सेवाको थालनी गरेको उक्त बैंकको वर्तमान सेयर पूँजी संरचनामा सरकारको ६२ दशमलव २१ प्रतिशत तथा सर्वसाधारण एवम् कर्मचारीको ३७ दशमलव ७९ प्रतिशत छ ।

चुक्ता पूँजी शेयर रु पाँच अर्ब ४९ करोड रहेको उक्त बैंकको आज सम्मको पुँजीकोष अनुपात १२ दशमलव १२ प्रतिशत पुगेको बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । बितेका तीन महिनामा सो बैंकले रु एक अर्ब १६ करोड खुद मुनाफा कमाएको छ भने निक्षेप रु ८६ अर्ब २२ करोड रहेको छ । उक्त बैंकले रु ६६ अर्ब तीन करोड कर्जा प्रवाह गरेको छ भने निष्क्रिय कर्जाको अनुपात ३ दशमलब १ प्रतिशत रहेको बताइएको छ ।

प्रतिक्रिया