राष्ट्रपतिलाई मूल पुजारीबाट टीका प्रदान

इनेप्लिज २०७३ असोज २५ गते ६:५७ मा प्रकाशित

/fi6«klt ljBfb]jL e08f/L cfkmgf sfsLsf] af6sf] xftaf6 a8fb;}Fsf] cj;/df d+unaf/ 6Lsf tyf hd/f u|x0f ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौँ, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ०८ः४५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका लगाउनुभयो ।

राष्ट्रपतिलाई उहाँले शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपतिका पुरोहित पण्डित खेमचन्द्र ढकाल पनि उपस्थित हुनुहुन्थ्यो ।

सोही अवसरमा राष्ट्रपति भण्डारीलाई उहाँका काका काकी खगेन्द्र पाण्डे र ज्ञानु पाण्डे तथा जयन्त पाण्डे र सावित्री पाण्डेले पनि टीका लगाइदिनुभयो । राष्ट्रपति भण्डारीले पनि छोरी उषाकिरणलाई टीका लगाइनुभयो ।

साथै, सोही अवसरमा राष्ट्रपतिले पनि आफ्ना परिवारका अन्य सदस्य तथा आफन्तहरुलाई टीका लगाइदिनुभएको थियो । राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका आज अपरान्ह २ बजेदेखि लगाइदिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया