चितवन,रत्ननगर २१ असोज ।
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संविधान संसोधनको एजेन्डा अगाडी सारेको सरकारको कुरा पत्यार लाग्दो नभएको बताएका छन । सरकार भित्रकै दलहरुको आपसी विवादका बीच रहेको संविधान संसोधनको लागी सत्ता पक्षबाट आउने एजेण्डा पछि एमालेले आफनो निणर्य दिने बताए । ‘ढाँटको निम्तो खाइ पत्याउनु’ भने जस्तो गर्छु( गर्छु भन्नेको ताकत हेर्ने समय आएको समेत उनले बताए । एमालेका स्थायी कमिटि सदस्य समेत रहेका पाण्डेले मधेशी दलहरुबीच नै सीमा निर्धारणको विषयमा विवाद रहेको बताए ।
नेकपा एमाले कालिका नगरपालिका सात नम्वर वडा कमिटिले आज शुक्रबार जमुनापुरमा आयोजना गरेको विजया दशमी तथा दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता पाण्डेले नेकपा माओवादी केन्द्र र कांग्रेसभित्र सिमा निर्धारणको विषयमा आन्तरिक कलह रहेको खुलासा गरे । माओवादी केन्द्र त झन जुवाडे जस्तो छ जता जेमा पनि जुवा थापे जस्तो थाप्न तयार हुन्छ, उनले भने । नयाँ शक्ति पार्टीतर्फ लक्षीत गदै पाण्डेले मधेसी,जनजाति र बाहुन क्षेत्रीले भागबण्डा गरि देश चलाउनु पर्छ भन्नेहरु कम्यूनिस्ट हुन नसक्ने उनले बताए ।
समावेशी र समानुपातिक ढङगले देश विकाश संभव भएको भन्दै पाण्डेले एमालेको यो नितिमा सवै नेपाली प्रस्ट हुनु पर्ने बताए । स्थानिय निर्वाचन छिटो भन्दा छिटो हुनु पर्नेमा एमाले प्रतिबद्ध रहेको भन्दै केन्द्र, प्रदेश र स्थानिय तह स्वायत्त भई काम गरेमा देशको आर्थिक विकास संभव भएको उनले बताए ।
पूर्व अर्थमन्त्री समेत रहेको एमाले नेता पाण्डेले अब एमाले समृद्धिको यात्रामा लागेकोले देशको अर्थतन्त्र सबल र समृद्ध बनाउन एमालेले मात्र सक्ने बताए । वडा अध्यक्ष होम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र पार्टी परित्याग गरि बुद्धि अधिकारी,राजेन्द्र श्रेष्ठ र हिमाल तामाङ,लक्ष्मण बोटे लगायतका व्यक्तिहरु एमालेमा प्रवेश गरेका थिए । सो कार्यक्रममा एमाले जिल्ला सचिव तेजेन्द्र बहादुर खड्काका जिल्ला कमिटि सदस्य विनोद रेग्मि,क्षेत्रिय सदस्य दिपक लामिछाने,वडा सचिव हरिप्रसाद दंगाल,रत्ननगर उद्योग बाणिज्य संघका उपाध्यक्ष राजाराम रेग्मि लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया