गलत नाम बताई स्पेन पठाउने भनी ठगी गर्ने पक्राउ

इनेप्लिज २०७३ कार्तिक ३ गते ९:२० मा प्रकाशित

hकाठमाडौँ, ३ कात्तिक । रोजगारीका लागि स्पेन पठाउने भन्दै ठगी गर्ने तनहुँ सतिस्वाँरा गाविस घर भई कीर्तिपुर बस्ने विक्रमसिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

थापाले आफ्नो नागरिकतामा भरत नामको ठाउँमा विक्रम सिंह भन्ने व्यहोरा बनाई फोटोकपी गरी उनले आफूलाई विक्रमसिंह ठकुरीको नामले चिनाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

कानुनी कारबाहीबाट बच्ने उद्देश्य राखी विक्रमसिंहकै नाममा पीडितलाई वैदेशिक रोजगारीमा पठाउने कागज समेत गरेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले थापालाई गत सोमबार कीर्तिपुरबाट पक्राउ गरीे आवश्यक अनुसन्धान कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौँ पठाएको छ ।

प्रतिक्रिया