प्रहरी जवानको मृत्यु

इनेप्लिज २०७३ कार्तिक ३ गते ९:१३ मा प्रकाशित

police1-diedधनगढी, ३ कात्तिक । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान जगदीस बडूको मोटरसाइकल दुर्घटनामा गएराति मृत्युभएको छ ।

कैलालीको गोदावरीबाट धनगढी तर्फ आउँदै गरेको से २ प ५७७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दिलीपसिंह भण्डारीले बताउनुभयो ।

दुर्घटनामा मोटरसाइकलमा सवार अर्का प्रहरी जवान हरि खड्का समेत घाइते भएका छन् । खड्कालाई उपचारका लागि भारतको हलद्वानी लगिएको छ । कार्यालय कामको सिलसिलामा दुबै जना मङ्गलबार गोदावरी गएका थिए ।

यस्तै पूर्व—पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको चौकीडाँडा सडक खण्डमा आज बिहान ना ३ ख ९४३६ नम्बरको बस दुर्घटना हुँदा त्यसमा सवार १७ जना घाइते भएका छन् ।

दार्चुला जिल्लाबाट कञ्चनपुरतर्फ गइरहेको उक्त बस सडकमै पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया