डुङ्गा डुब्दा पाँचको मृत्यु, ३४ जनाको उद्धार

इनेप्लिज २०७३ असोज २९ गते ९:४२ मा प्रकाशित

dungaभद्रपुर, २९ असोज । इलामको दानाबारी–९ महामाईमा शुक्रबार डुबेको डुङ्गामा सवार ३४ जनाको जीवित उद्धार गरिएको छ ।

महामाई नदी तर्ने क्रममा शुक्रबार अपराह्न २ बजे डुङ्गा डुबेको थियो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशील यादवका अनुसार डुङ्गा डुब्दा पाँच जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको तथा एक बालकको हुन सकेको छैन ।

सनाखत हुने मृतकमा ४८ वर्षीया डम्बरमाया मगर, ५८ वर्षीया पवित्रा पौडेल, ५८ वर्षीय हर्कबहादुर राना मगर र ७५ वर्षीय जसबहादुर राई छन् ।

प्रतिक्रिया