स्वीडेनबाट नेपालले पानी अभियानलाई रु ३० हजार सहयोग गर्ने घोषणा अभिनन्दित !

इनेप्लिज २०७३ भदौ १३ गते ०:३० मा प्रकाशित

1525024_717105924968282_1465899590_n(1)

पानी अभियान सफल हुनुपर्छ । पानी अभियानको नारा व्यापक बन्नुपर्छ । नारा सफल पारेर हरेक गाउँको बिकास हुनुपर्दछ भन्ने सोच राख्दै स्वीडेन बाट श्री बिष्णु प्रसाद नेपालले पानी अभियानलाई रु ३० हजार सहयोग गर्ने घोषणा गरेका छन् । दिन प्रतिदिन स्वस्फुर्त सहयोग आइरहदा पानी अभियानकर्ता मित्र लाल पार्दे भन्छन् “काठमाडौको पाच हात जमिन करोडौमा बिक्रि हुने हुम्ला कर्णालीको सयौं बिगाहा जमिनको कुनै मुल्य नहुने । हामी आफै समानताका कुरा गर्छौ तर भेदभाव रणनीति हामिले नै निर्माण गर्यौ । सरकारले निर्माण गर्यो । काठमाडौ वा युरोपको जग्गा कुनै आकाशबाट खसेको त होइन । दुर्गम ठाउँको जग्गा कुनै पातालबाट आएको त होइन । कसैलाई दुइ चार लाख दिदैमा गरिबी हट्ने पनि होइन ।कसैले बिदेश गएर वा देशमै बसेर दुइ चार घडेरी किन्दैमा गरिबी सकिने होइन । दुइ चार जनालाई जागिर दिदैमा गरिबी घट्ने पनि होइन । गरिबी हटाउनको लागि एक पटक मात्र पानीवाद शुरु गरौ । पानीवादबाट जमिनको मुल्य छ । हरेक गाउँमा सिंचाइ अभियान शुरु गरौ । हरेक घरमा धारो अभियान शुरु गरौ । नेपालको भविष्य पानीमा छ । आफ्नै देशको महत्त्वपूर्ण मुर्त सम्पती छोडेर किन अमुर्त नारामा तछाड मछाड गर्ने । मात्र एक पटक पानी आन्दोलन शुरु गरौ त हामी कहाँ पुग्छौ । सपना पुरा होस् , हरेक घरमा धारो भएको र हरेक गाउँमा सिंचाइ भएको देख्न पाइयोस् । मात्र तपाइहरु सबैको स्वस्फूर्त साथ मिलोस् । असम्भव भन्ने यो दुनियाँमा केहि पनि छैन है ।”

आशा गरौ पानी अभियान शुरुवात भएको ८०० परिवारको लक्ष्मीपुर गाविस दाङ सुनपुर गाउँले पानी पाओस् र पुरै देशभरी अभियान महाअभियान बनेर नेपाली गाउँहरुको बिकास होस् ।

प्रतिक्रिया