सम्पदाको सहर भक्तपुर !

इनेप्लिज २०७३ भदौ १ गते ६:०७ मा प्रकाशित

SAM_1

नेपालका विश्व सम्पदाहरुको सूचीमा सूचीकृत सम्पदाहरु मध्य भक्तपुर दरवार पनि एक हो । भक्तपुर सम्दाहरुको सवैभन्दा धनी जिल्ला हो । युनेस्कोले तयार परोको ‘म्याप अफ वल्र्ड हेरिटज’ मा भक्तपुर दरवार र चाँगुनारायण दरवार वरिपरीको क्षेत्र समेत समेटिएको छ । यसले गर्दा आज भक्तपुर नेपालको सवैभन्दा सानो जिल्ला भएपनि विश्वमाज ठूलो पहिचान दिन सफल भएको छ । लिच्छवी राजा नरेन्द्रदेवले (६९१–७२८() को पालादेखि नै भक्तपुरलाई ३७५ वर्ष नेपाल मण्डको राजधानी बनाएका थिए । त्यहि समयदेखि भक्तपुरमा विभिन्न प्रकारका सम्पदाहरुको निर्माण हुन थालेका थिए । यहाँ सुनको ढोका समेत रहेको लालवैंठको नयाँ भवन मल्लकालीन शैलीमा वनेका भवनहरु छन । भक्तपुरमा राजमान सिंहले (१८४४) मा सिसाकलमले बनाएको बसन्तपुर दरवारलाई अर्थात अहिले ५५ झ्याले दरवार यहाँको सवैभन्दा महत्वपूर्ण, धार्मिक र ऐतिहासिक दरवार हो । पछिल्लो समयमा जिल्लाम रहेका ऐतिहासिक, धार्मिक तथा सँस्कृतिलाई राष्ट्रिय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरमासम्म चिनिन पुगेको छ । भक्तपुरको दरबार स्क्वायर, पाँचतले मन्दिर र दत्तात्रय मन्दिर आसपास दिनहुँ हजार भन्दा बढी आन्तरिक तथा वाह्य पर्यटक आउँछन । उनीहरुले त्यस क्षेत्रमा रहेका मौलिक काल, सँस्कृतिलाको विशेष अवलोकसँगै अनुसन्धान गरिरहका हुन्छन । कलात्मक रुपमा कुदीएका विभिन्न आकारका चित्रहरुले मन लोभ्याउन गर्दछ । सम्पदा क्षेत्रमा भित्रने वित्तिकै मानिसहरु ढुङ्गेयुगमा पुगेको भान हुने गर्दछ । जसले गर्दा उनीहरुको सोचमा नै परिर्वतन ल्याउने गर्दछ । यस्तो कलात्मक सीप भएका मानिसहरुलाई भेटपाएको भए जीवनमा गर्नु पर्ने एक काम पूरा भएको अनुभूर्तिहुने गर्दछ ।

भक्तपुरको केन्द्र दरबार स्क्वायरले सिङ्गो जिल्लाको अतित्वलाई बचाएको छ । त्यसैल भक्तपुर मुलुकका ७५ जिल्लामध्यय सबैभन्दा उत्कृष्टमा जिल्लामा दरिएको छ । भक्तपुरालाई सम्पदाको खुल्ला संग्रहालय उपनामले पनि चिनिने गरिएको छ । क्षेत्रफलको हिसावले १ सय १९ वर्ग किलोमिटर मात्र छ । वि.स. २०६८ सालको तथ्य अनुसार यहाँको जनसंख्या ३,०३,०२७ रहको छ । जस मध्येय ९७०१ जनसंख्या विदेशमा रहेका छन । वाषिर्क जनसंख्या वृद्धिदर २.९६ जनघनत्व २५४६ घरधुरी ५०,०८६ घरपरिवार ७३,०८४ साक्षरता ८८ प्रतिशत गरिबीको रेखामुनिको जनसंख्या २९.९ प्रतिशत मानव गरिबी सूचाङ्क २९.९ जिल्ला आयस्रोत बालुवा र ढुङ्गा खानी औसत आयु ७१.३३ अस्पताल संख्या १० रहेको छन । यसको परिचय यतिमै सीमित छैन । ऐतिहासिक सम्पदा र संस्कृतिले चिनाएको भक्तपुरलाई मन्दिरको सहर समेत भन्ने गरिएको छ । यहाँको जिब्रो छेड्ने, सिन्दूर जात्रा,ै बिस्केट जात्रा भक्तपुरको अर्को मौलिकता हो । जुजुधौँको अन्तर्राष्ट्रिय रूपमा चर्चा रहेको छ । भक्तपुर र मध्यपुरको कुमालेले बनाएका माटाका भाँडा अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छ । स्वदेशी माटोले विदेशी डलर भित्रयाएको छ । भादगाउँले टोपी भन्ने बित्तिकै जो कोहिले भक्तपुर जिल्लालाई सम्झने गर्दछन ।

काठमा कुँदिने बुट्टाले भक्तपुरलाई सिंगो काष्टकलाको रूपमा चिनाएको छ । त्यसैले पछिल्लो समयमा भक्तपुरमा बसाइँ सरेर आउने मानिसहरुको संख्या निकै बढेर गएको छ । तीन दशक अघि चीन सरकारले विस्तार गरिदिएको अरनिको राजमार्गलाई जापान सरकारले फराकिलो बनाई दिएपछि झनै भक्तपुरमा हैसेमा होस्टे थपिएको थियो । दुई लेनमात्रै भएको सडक विस्तारपछि ६ लेन गरिएको थियो । सडक बिस्तारपछि झनै आर्थिक प्रगति उच्च स्थानमा पुगेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्र र चाँगुनारायण मानिसहरुको पहिलो अवलोकन रोजाइँको स्थान बनेको छ । घाम उदाएर अस्ताएको हिमाली दृश्यमा रमाउँन पाउँनु पर्यटकहरूको अर्को रोजाइँ रहको छ । यसरी सम्पदाहरुको सहर मनेर विश्वमा कहलिरहेको भक्तपुर जिल्लालाई पटक÷पटक वि.स. १८६६, वि.स. १८९१, वि.स. १९९० र वि.स. २०७२ सालमा आएको भूकम्पले धेरै नै क्षेत्री पु¥यायो छ । पुरातत्व विभागका अनुसार भक्तपुरका ७८ साँस्कृतिक सम्पदा ध्वस्त भएका तथ्य रहेको छ । तर पनि ती सम्दाहरुको महत्वमा कुनै कमि आएको छैन । भक्तपुर सम्पदाको सहर मात्र नभएर देशकै सुन्दर सहर पनि भन्ने गरिएको छ ।

लेखक ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन

प्रतिक्रिया