ओहायो सिन्सिनाटीमा भब्य सांगितीक धमाका हुने भएको छ । सेप्टेम्बर ४ आईतबार साँझ हुनेभनिएको उक्त कार्यक्रमको मुख्य आकर्षणको रुपमा चर्चित गाएक प्रमोद खरेल रहने जानकारि चलचित्र निर्देशक तथा नृत्य निर्देशक रुपेश उप्रेतीले दिएका छन् । कार्यक्रमका संयोजक समेत रहेका उप्रेतीले नेपाली तथा भुटानी कलाकारहरुलाई एकैपटक उतार्ने भएका हुन् ।
कृष्ण ढकाल , शान्ता काफ्ले , मिरा राई , प्रकाश ढुंगेल , एन के ब्रदर्श र निमा तामांगको गायन रहने उक्त कार्यक्रममा कल्पना मोक्तान , पुष्प न्यौपाने , रोजा सुबेदी , सोम अधिकारी , शन्जु तामांग , मुना बस्नेत झरना कटुवाल र रुपेश उप्रेतीको डोड्दार नृत्य हेर्न पाईने छ । पहिलो पटक RHYS को ब्यानरमा हुन गईरहेको उक्त कार्यक्रममा पहिलेका कार्यक्रमहरुमा भन्दा जोड्दार प्रदर्षण हुने र आगामी दिनहरुमा पनि यहि ब्यानरको कार्यक्रमलाई दर्शकले पर्खिने दाबि कलाकारहरुको छ ।
दिउसो २ बजे सुरु हुने उक्त सांगितीक कार्यक्रम लगभग ३ धण्टाको हुने जानकारि दिईएको छ । टीकट दर १० तोकिएको उक्त कार्यक्रममा नेपाली कला र संस्कृतिको पहिचान , यस्को शुरक्षा र प्रबर्धन गर्नु हाम्रो अभियान भन्ने बिचारलाई आत्मसाथ गर्दै अमेरिकामा रहेका सम्पुर्ण नेपाली भाषीहरुलाई एक भएर अगाडि बढ्ने शन्देश दिईने जानकारि गरिएको छ ।
कार्यक्रम स्थल -: 8801 cheviot rd , Cincinnati , OH
प्रतिक्रिया