कराते खेलाडी ठकुरीलाई अमेरिकामा दुई राष्ट्रिय स्वर्ण पदक

इनेप्लिज २०७३ साउन ९ गते १:२९ मा प्रकाशित

IMG_2157जुलाई २३ ,अमेरिकाको नर्थ क्यारोलिनाको ग्रिन्सबोरोमा भै रहेको युएसए मास्टर्स गेम्स नामक राष्ट्रिय खेलमा डिसीका कराते खेलाडी उज्ज्वल ठकुरीले दुई राष्ट्रिय स्वर्ण पदक हात पारेका छन् l

उक्त राष्ट्रिय खेलमा ठकुरीले भिडन्तमा एक स्वर्ण पदक तथा फांग गरि गोजुरियो करातेको परम्परागत तेन्सो कातालाई फ़ाङ्ग गरेर स्वर्ण पदक प्राप्त गर्दै नयाँ काताको सिर्जना गर्न सफल भएका छन् l

यस्तो प्रकारको फ़ाङ्ग गरेर किर्तिमान अहिले सम्म विश्व मै कसैले नगरेको ठकुरीले दाबी गरेका छन् l युएसए मास्टर्स गेम्स नामक राष्ट्रिय खेल प्रतियोगिता गत जुलाई २१ देखि जुलाई ३१ तारिख सम्म चल्ने छन् l र यो राष्ट्रिय खेल पहिलो पटक यसै बर्ष सन् २०१६ बाट सुरु गरिएको हो भने हरेक दुई बर्षमा यसको आयोजना गरिने आयोजकले जनाएका छन् l उक्त राष्ट्रिय खेलमा कराते ,भकुण्डो ,भारत्तोलन ,भलिबल ,पौडी ,गल्फ ,बेसबल ,बास्केट बल लगायत अन्य चौबिस खेलहरु समाबेस गरिएका छन् l

FullSizeRender (1)

ठकुरीले २ मिनटको समय भित्र पम्परागत तेन्सो कातालाई सृजना गरे l ठकुरीले अहिले सम्म १२ स्वर्ण ,४ रजत र ४ कास्य जित्न सफल भएका छन् l जस मध्ये ८ वटा स्वर्ण पदक करातेमा ,कातामा १ स्वर्ण ,१ तेक्वान्दोमा र २ वटा करातेको ब्रेकिङ्ग (तोड्ने )मा स्वर्ण पदक प्राप्त गरेका छन् l ठकुरीले दाबी गर्दै फ़ाङ्ग गरेर दाँतले १ सय पौण्ड उठाउने प्रतिबद्धता सहित गिनिज विश्व पुस्तकको लागि अभ्यास गरि रहेको बताए l ठकुरीले हरेक खेलमा नेपालको झन्डा फरफराउने गरेका छन् l

IMG_2164

IMG_2159 FullSizeRender FullSizeRender (4) FullSizeRender (3) FullSizeRender (2) IMG_2162

प्रतिक्रिया