योगेश भट्टराईले गरे प्रचण्डबारे भयंकर खुलासा, जो धेरैलाई थाहा नै छैन्!

इनेप्लिज २०७३ साउन ५ गते १२:३५ मा प्रकाशित

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिल्ने योजनाको खुलासा गरेका छन् । हिमालय टेलिभिजनको यक्ष प्रश्नमा पत्रकार नारायण पौडेलसँग कुरा गर्दै सचिव भट्टराईले प्रचण्डको नेतृत्वमा एमाले माओवादी एकीकरण गर्ने योजनाको खुलासा गरेका हुन् । एमाले र माओवादीका बीचमा बनेको समिकरण कार्यगत एकतासहित पार्टी एकीकरणसम्मको योजनामा आधारित रहेको स्पष्ट पार्दै पार्टी एकीकरणसम्मको योजनाका साथ अघि बढेका समीकरण भत्किनु अस्वभाविक भएको उनले बताए ।

स्थानीय निकायको निर्वाचनमा तालमेल गर्ने र प्रदेश तथा संघीय निर्वाचनमा सहकार्य गर्दै पार्टी एकता गर्ने योजना बनेको खुलासा गर्दै पार्टी एकता गर्दा प्रचण्डकै अध्यक्षतामा गर्नसमेत आफूहरु तयार भइसकेको तर प्रचण्डको अस्थिरताका कारण कुरा बिग्रिएको उनले बताए । विपरित कित्तामा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले सहकार्य थालेपछि पार्टी एकीकरणका लागि बातावरण बनेको तर, ओलीले समेट्न नसक्दा र प्रचण्डले धैर्य गर्न नसक्दा पार्टी एकीकरणसम्मको योजना तुहिएको भन्दै उनले दुःख ब्यक्त गरे । भट्टराईले भने, ‘यसमा ओली र प्रचण्ड दुबै दोषी छन् । तर, छोडेर हिड्ने प्रचण्डको दोष बढी हुन्छ । उहां फर्केर आए पार्टी प्रधानमन्त्रीदेखि एकीकृत पार्टीको अध्यक्ष दुबैका लागि हामी सहमत छौं ।’

हेर्नुस् भिडियोः

प्रतिक्रिया