राज्य शक्तिका श्रोत युवा

इनेप्लिज २०७३ साउन २ गते १९:५० मा प्रकाशित

DEV KHANAL

देशको गहना भन्नु नै युवा सक्ति हो l आजका तन्देरी भोलिका अभिभाबक हुन् l नेपालको सन्दर्भमा भन्नु पर्दा ९० प्रतिसत युवासक्ति कुनै न कुनै पार्टीका लाठेत जो अर्को व्यक्तिको इशारामा चलेका हुन्छन यो कुरा गर्दा भोलिको नेपाल कस्तो होला भन्ने कल्पना बाट दिक्क लाग्छ ! आमा, बुबाको मेहनत लगानी आज खेर गएको अनुभब हुन्छ l असल चरित्र, असल सस्कार ,असल शिक्षा प्राप्त गरेका युवाहरु कुनै एक पार्टीका नेताको स्वार्थ पुरा गरि दिनका लागि सडकमा गैर जिम्मेवारी कुरा गर्न मिल्दैन l

एक सक्षम युवा सक्तिमा कालो,गोरो,असल, खराब सत्य,असत्य लाई छुट्याउने गुण कायम होस् भन्ने कुरा राज्य र परिवार आशा राख्दछ l नेपालका युवा आज आफनो नैतिक जिम्मेवारी बाट धेरै टाडा छन् l देशमा रोजगार छैन एसको मतलब यो होइन कि कुनै एक राजनीतिक पार्टीको निहित व्यक्तिगत स्वार्थ पुरा गरि दिनका लागि जुन सुकै हर्कत गर्न तयार रहनु यो सारै लज्जास्पद हो ! हाम्रो पारिबारिक अवस्था लाई दृस्टीगत गर्दा कहाली लाग्दो अवस्था बाट गुज्रिएको छ यो कुरालाई राज्य सक्तिका श्रोत युवा बाट चिन्तन मनन गर्ने समय हो l

बिष नभएको सर्प र ईख नभएको युबाको औचित्य छैन l भुत, वर्तमान,भबिस्यको खायल गर्न नसक्ने अन्तमा आफुलाई नालायक जिबनमा केहि गर्न सकिएन भनेर पस्यताप गर्नु भन्दा आफु सग भएको क्षमतालाई सदुपयोग गर्न सके जिबन सहज रुपमा चल्न सक्छ l जिबन एक कोसिस हो प्रयन्त्न बाट नै हरेक समस्याहरु समाधान हुने गर्छन l आज मुलुकमा प्रजातन्त्र वा गणतन्त्र प्राप्त भएको २५ बर्ष पुरा हुदै गर्दा देशको बर्तमान स्थिति लाई मनन गर्ने हो भने डरलाग्दो स्थितिमा रहेकोछ l युवा सक्ति कुनै एक पार्टीको स्वार्थ पुरा गरि दिन लाठेतको रुपमा ढाल बनेर सडकमा रुमलिएका छन् l

हिजो माओबादीको जनयुद्ध गलत हो भन्दा हजारौ युबा बलि चढे, यो व्यथा जसले आफनो सन्तान गुमायो कति पिडा भएको छ के यो हाम्रो युवा पुस्ताले सोचेको छ l एक परिवार सुरक्षित हुदै गर्दा अर्को परिवार पिडित सोकमा डुबेको छन चाहे राज्यले मारोस वा माओबादी आखिर हाम्रो समाजका आमाको मन रोएको छ l

समाज लाई रुपान्तर गर्ने पहिलो शिक्षा हो भने सबल र सक्षम समाज बनाउन नैतिकता नै प्रमुख बिषय हो l आजका युवा शिक्षित छन् नैतिक शिक्षा सुन्य भएको अवस्था छ l जब युवा बयक्ष हुन्छ पारिबारिक प्रति उत्तरदाही हुनु पर्नेमा समाजमा बोझ बनेको अवस्था छ l परिबारले आशा गरेको कल्पना बिपरित नतिजा आउदा माता पिताको हिर्दय कति दुखि हुनछ एक पटक सोचेर हरौ त l कति नालायक हर्कत न कमाई , न इज्जत , कुनै एक स्वार्थ व्यक्तिको पछि दौदिएर दिन भर सडकमा बस्नु भन्दा बरु आफनो घरमा बसेर शिप लाई सदुपयोग गर्नु असल कर्तब्य हुनेछ l

रास्ट्रको लागि युवा ज्यान दिन तयार हुनु पर्छ भने एक स्वार्थी नेतालाई तल झारेर आफु नेताको पंक्तिमा पुग्नु पर्छ यो नैतिक शिक्षा ग्रहण गर्न सके समाज देश चाडै उन्नतिको बाटामा लाग्ने छ l

प्रतिक्रिया