एक केजीभन्दा बढी सुनसहित माझी पक्राउ

इनेप्लिज २०७३ असार ३० गते ८:३६ मा प्रकाशित

Gold-1मेलम्ची, ३० असार । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ बाहुनेपाटीबाट एक केजीभन्दा बढी सुन र चार केजीभन्दा बढी चाँदी बरामद भएको छ ।

जालपा ज्वेलर्सका सञ्चालक दीपक माझीको सुन पसल र उनकै घरमा गाडेर राखेको अवस्थामा काठमाडौँको महानगरीय प्रहरी वृत्त, स्वयम्भू, अपराध अनुसन्धान महाशाखा, हनुमानढोका र सिन्धुपाल्चोक प्रहरीको संयुक्त टोलीले गरेको अनुसन्धानपश्चात् उक्त परिमाणको सुन र चाँदीसहित माझीलाई बुधबार पक्राउ गरिएको हो ।

त्यसै विषयमा इलाका प्रहरी कार्यालय मेलम्चीसँग बुझ्न खोज्दा सो घटनाको थप अनुसन्धान भइरहेकाले त्यसबारे अनुसन्धानपछि मात्र विस्तृत जानकारी दिनसकिने इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयमा पहिलोपटक प्रहरी उपरीक्षकको दरबन्दी व्यवस्था भएपछि जिल्लामा हुने तस्करी एवम् आपराधिक घटनामा कमी आएको प्रहरीले जनाएको छ ।

– See more at: http://dainiknepal.com/2016/07/168387.html#sthash.AyAtujnv.dpuf

प्रतिक्रिया