पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी खोले मनको कुरा

इनेप्लिज २०७३ असार २५ गते १४:४६ मा प्रकाशित

gyanendra-saha

गत विहीबार पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७० औं जन्मदिन मनाए । उनलाई शुभकामना दिन सयौं शुभेच्छुकहरु निर्मल निवास पुगे । गणतन्त्र नेपालमा उपप्रधानमन्त्री कमल थापा समेत पूर्वराजालाई शुभकामना दिन लाइन लागेर निर्मल निवास पुगेका थिए ।

त्यही भीडमा चर्चित पत्रकार सविना कार्की पनि निर्मल निवास पुगिन् । उनले पूर्वराजालाई जन्मदिनको शुभकामना दिइन् । र उनको अन्तर्वार्ता पनि लिइन् । सविनाका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहले उनलाई दिएको अन्तर्वार्ता सम्भवतः पहिलो अडियो अन्तर्वार्ता हो ।

अन्तर्वार्तामा ज्ञानेन्द्रले आफ्ना मनका कुरा खोलेका छन् भने धर्मका नाममा राजतन्त्र ब्युताउन खोजेको आरोप लगाउने गणतन्त्रवादीलाई कडा जवाफ पनि दिएका छन् ।

यस्तो छ पूर्वराजा ज्ञानेन्द्र शाहको छोटो अन्तर्वार्ताको सम्पादित अंशः

आफ्नो जीवनमा फर्केर हेर्दाखेरी समग्रमा कस्तो रह्यो जस्तो लाग्छ ?

राम्रै लाग्या छ । जीवन भनेकै प्रयत्नशील छ । कहिले घाम लाग्छ कहिले पानी लाग्छ । जीवनै त्यही हो । फूल पनि हो, काडाँ पनि हो । दुइटै मानी धेर्यसाथ जिउनु । राम्ररी जिउनु ।

हजुरका कति मिठा रचना हामीले सुनेका छौं, ती रचनाहरु अहिले केहि छ कि छैन् त्यस्तो लेटेस्ट रचना ?

छ नभा होइन् ।

हामी प्रतिक्षा गर्दैछौं, कहिलेसम्म आउने आशा गर्नसक्छौं ?

त्यो अब हेर्दै जाऔं । कुनैदिन फेरि निकालौला ।

त्यसको केही लाइन शेयर गर्न मिल्छ हामीसँग ?

हास्दै… अहिले म भन्दिन त्यो ।

हजुरबुवाभन्दा पहिला श्रीपेच पहिरिनुभएका तपाईको जीवन वास्तवमा भन्नुपर्दा श्लोककथा तथा इतिहासविद्हरुका लागि अद्धितीय छ । तपाईका हरेक कार्यले नेपालीहरुमा केही न केही अर्थ राख्दा एक राजालाई साधारण नागरिक भएर साधारण नागरिकको जीवन कस्तो लागिरहेछ ?

Gyanendra-sabeena

हाँस्दै… म त नेपाली भएर बाँच्नुमा असाध्यै खुसी लाग्या छ । राजा होस् या नहोस् त्यो अर्काे कुरा भयो । त्यो पनि मैले चाहेर भएको होइन् । यो कथित पटक्कै भएको होइन् । त्यस्तै परिस्थितीले मलाई त्यस्तो जिम्मेवारी दिएको जस्तो लाग्छ । र अहिले सर्वसाधारण भएर बाचिरहँदा यो समयमा नेपालीहरुबाट केही अप्ठ्यारो भा छैन् । राम्रै लाग्या छ । नेपालमा बाँच्नु नै मेरो लागि सौभाग्य हो जस्तो लाग्छ ।

फर्केर हेर्दाखेरी कुनै कुरामा ग्लानी छ यहाँलाई ?

त्यस्तो केही छैन् मलाई त्यस्तो केही छैन् ।

एक जमातमा राजतन्त्र पुनरागमनको आश राखिरहेको छ । यो सम्भव कस्तो देख्नुहुन्छ ?

यो मलाई सोध्ने होइन् तपाईहरुले । सर्वसाधारण जनतालाई सोध्नुपर्छ ।

मठ मन्दिर घुम्नुहुन्छ । पूजापाठमा सक्रिय देखिनुभाको छ । कस्तो कुरा सुनिएको छ भने हिन्दू धर्ममा राजतन्त्रप्रति आस्था राख्नेलाई आफ्नो अनुकुल बनाउने रणनीति भन्नेहरुलाई के भन्नुहुन्छ ?

GYANENDRA_saha

मलाई त्यस्तो लाग्दैन् । हेर्नुस् धर्म भनेको सबै धर्मको क्लाइन्ट के हुन्छ भने शान्ति ल्याउनु, शान्ति छाओस्, यो देशमा अमनचयन होस् भनेर नै सबैले एउटा आस्थालाई विश्वास गर्छन् । त्यही विश्वासले हामी अगाडि बढ्नुपर्छ । अरु अर्थ लाएर हिड्नुहुँदैन् ।

सक्रिय राजनीतिमा आउने सम्भावना छ कि छैन् ?

त्यो पनि तपाईले सर्वसाधारणलाई सोध्नुपर्छ मलाई होइन् ।

हिमानी ट्रष्टमा तपाईको सम्बद्धता छ कि छैन् ?

हिमानी ट्रष्टमा मेरो साँच्चिकै त्यसमा छैन् । संरक्षक भनेर मेरो श्रीमतीको छ । मेरो होइन् । तर, आफ्नै बुहारी (हिमानी शाह)ले गरेको काममा मेरो चाँसो नहुने त्यो असाधारण नै हुन्छ ।

नाति नातिना के बनुन जस्तो लाग्छ ?

हाँस्दै… सबभन्दा पहिले नेपाली बनोस् जस्तो लाग्छ ।

प्रतिक्रिया