पोर्तुगलमा अध्यागमन प्रहरी सेफ द्वारा “पोखरा” अप्रेशन – ३ गिरफ्तार र २३ कामदारको उद्धार

इनेप्लिज २०७३ असार २३ गते ११:०० मा प्रकाशित

मंगलवार, ५ जुलाई, २०१६

पोर्तुगलको अध्यागमन विभाग सेफले (SEF) पोखरा अपरेशनको क्रममा सन्तराई छेत्रमा खेतीमा काम गर्ने उद्ध्यर गरिएका २३ जना बिदेशी नागरिकहरु नेपाली भएको पुस्टि गरेको छ l र ति सबै मानब तस्करको शिकार भएको समेत स्पष्ट उल्लेख गरेको छ । उनीहरुको बस्ने व्यवस्था निकै नै दर्दनाक भएको बताइएता पनि पोर्तुगल कसरी आइपुगे भन्ने बारेमा केहि पनि उल्लेख गरिएको छैन।

जांच समयमा कामदारहरु संग काम सम्झौता को कागजपत्र गरेको र सो काम को सम्झौता पत्र कानुन सम्मत ठिक नभएको समेत सेफले बताएको छ। यसको साथै सोहि स्थानबाट अन्य भाषामा लेखिएका सम्झौता पत्रहरु पनि फेला परेको र त्यसको बारेमा अनुसन्धान भईरहेको अध्यागमन बिभाग सेफले बताएको छ।

कामदारहरु बस्ने आवासको अवस्था निकै नै नाजुक रहेको र तिन कोठे एउटा पनि झ्याल नभएको घर जसको भुइँ समेत मानिस बस्न लायक नभएको मा उनीहरुलाई राखिएको सेफले बताएको छ। पास्ता, आलु, प्याज र चामल आदि सहुलियत मा ल्याएर कामदारहरुलाई बढी मूल्य समेत लगाएको प्रमाणित भएको छ। आवासमा कामदारको सुरक्षा र सरसफाइको कुनै न्यूनतम पनि नभएको र कुनैपनि कोठामा झ्याल नभएको र बंग्क बेड प्रयोग गरी एउटै कोठामा ७ जनालाई सुताउने गरिएको पाईएको छ।

२३ जना बस्ने उक्त घरमा नत पानीको धारा नै थियो, नत बिजुली नै , र एउटा मात्रै सौचालय र त्यो पनि नाजुक अवस्थामा रहेको सेफले आफ्नो समाचारमा जनाएको छ। सो कम्पनीका मालिकले खाना र आवास को पैसा भारीरुपमा तलब बाट कटौती गर्नुका साथै ओभर टाईम काम गराउने र तलब पनि निकै काम दिने गरेको सेफले कामदारहरुसंग लिएको अन्तर्वार्ताबाट स्पष्ट भएको छ। सेफको थप अनुसन्धानबाट कम्पनीका मालिकले कामदारहरुसंग सेफसंग आफ्नो राम्रो सम्बन्ध रहेको र कामदारहरुको पोर्तुगलमा स्थाई बसोबासको कागजपत्र बनाईदिने आस्वाशन दिदै मोटो रकम हात परेको समेत बुझिएको छ।

पोर्तुगलको अध्यागमन सेफले गरेको पोखरा अप्रेशन को यो अनुसन्धानले पोर्तुगलमा खेतीका मालिक र दलालहरुले कामदारहरु माथि कतिहदसम्मको श्रम शोषण गर्दछन भन्ने कुरा छर्लङ्ग भएको छ। तर पनि सेफले काम दिने कम्पनी, मालिक र दलाल को नाम उल्लेख गरेको छैन।

मानब तस्कर को सिकार भएका उक्त २३ जनालाई सेफले सुरक्षा र थप अनुशन्धान को लागि बिशेष आवास गृहमा स्थान्तरण गरेको सेफले जनाएको छ।

प्रतिक्रिया