एटलान्टामा एएनए सम्मेलनको उद्घाटन सत्र सम्पन्न

इनेप्लिज २०७३ असार १८ गते १७:१४ मा प्रकाशित

DSC00555

अग्नि चौलागाईं र शैलेश पोख्रेल,अमेरिका २ जुलाई । अमेरिकामा रहेका नेपालीहरूको सबै भन्दा पुरानो संस्था एएनएको ३३ औं अधिवेशन आज जर्जियाको एटलान्टामा अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुन कार्की र एएनएका अध्यक्ष रोजर अधिकारीले उदघाटन गर्नुभयो ।

कार्यक्रमको सुरुमा अध्यक्ष अधिकारीले स्वागत भाषण गर्दै स्थापना कालदेखि हालसम्म संस्थाले गरेका कार्यक्रमहरूको बारेमा प्रकाश पारेका थिए । उद्घाटन सत्रका प्रमुख अतिथि डा. कार्कीले भूकम्पबाट क्षतिग्रस्त भएको देशको सम्झनामा अमेरिकामा रहेका नेपाली संस्था र व्यक्तिहरूले सहयोग पुर्याएका थिए भने आगामी दिनमा समेत आफ्नो मातृभूमि र अमेरिकामा रहेका नेपाली समुदायको हितमा अझ बढी कार्यगर्ने दिशामा यस अधिवेशनले गति प्रदान गरोस भन्दै सम्मेलन सफलताको शुभकामना दिनुभयो ।

जर्जिया स्टेट सिनेटर स्टिभ हेन्सन र जर्जिया हाउस अफ रिप्रिजेन्ट्टिभका प्रतिनिधि पेड्रो “पेट” मारिनले अमेरिका आप्रवासीहरुको देश भएको हुँदा आफुहरु नेपाली समुदायका मानिसलाई कुनै क्षेत्रमा सहयोगको आवश्यकता परेमा सम्पर्क गर्न अनुरोध गर्दै सम्मेलन सफलताको शुभकामना दिए।

नगमा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अतिथिहरु हरि शर्मा ए एन ए संस्थापक अध्यक्ष, डा कुल चन्द्र शर्मा ए एन ए बोर्ड अफ ट्रस्टी,डा केशव पौडेल एन आर एन अध्यक्ष,राष्ट्रिय योजना आयोगका डा. जय निशान, विमल नेपाल नासा अध्यक्ष,सुशील शर्मा आन्मा अध्यक्ष,रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका महासचिव विनोद त्रिपाठी,वाना पूर्व अध्यक्ष विजय श्रेष्ठ, पदम विश्वकर्मा अनेसास केंद्रीय अध्यक्ष, दुर्गादहाल पूर्व अध्यक्ष नान्सले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।

सत्रको अन्त्यमा खगेंद्र अधिकारी एएनए उपाध्यक्ष, संतोष पहारी- उद्घाटन समारोहका संयोजक र अनुप श्रीवास्तव कन्भेनरले सम्मेलनमा सबैलाई स्वागत गर्दै एटलान्टामा सबैलाई स्वागत गरेका थिए ।
एएनए वरिष्ठ उपाध्यक्ष तथा कन्भेन्सन अध्यक्ष शम्भु ढुंगानाले एकता, सहयोग र सफलताको उद्देश्य सहित एएनएले कार्यक्रम लिएर आएको हुँदा नेपाली समुदायको हितमा सबैले मिलेर काम गरौँ भन्दै सत्रको अन्त्य गरेका थिए।

आज दिउसो युवा नेताहरू गगन थापा र रबिन्द्र अधिकारीका साथमा नेपाल फोरम सञ्चालन हुने कार्यक्रम रहेको छ।

DSC00527 DSC00529 DSC00530 DSC00532 DSC00497 DSC00499 DSC00500 DSC00503 DSC00505 DSC00506 DSC00508 DSC00509 DSC00510 DSC00512 DSC00513 DSC00515 DSC00517 DSC00520 DSC00522 DSC00523 DSC00525 DSC00526 DSC00527 DSC00529 DSC00530 DSC00532 DSC00533 DSC00534 DSC00535 DSC00537 DSC00538 DSC00539 DSC00540 DSC00542 DSC00546 DSC00547 DSC00548 DSC00550 DSC00552 DSC00553 DSC00554 DSC00555 DSC00558 DSC00559 DSC00562 DSC00563 DSC00564 DSC00565 DSC00567 DSC00568 DSC00570 DSC00571 DSC00572 DSC00573 DSC00574 DSC00575 DSC00576 DSC00577 DSC00578 DSC00580 DSC00582 DSC00583 DSC00584 DSC00585 DSC00586 DSC00587 DSC00588 DSC00589 DSC00591 DSC00592 DSC00594 DSC00595 DSC00597 DSC00598 DSC00601 DSC00604 DSC00605 DSC00606 DSC00609 DSC00610 DSC00670 DSC00671 DSC00673 DSC00674 DSC00676 DSC00678 DSC00679 DSC00681 DSC00683 DSC00686 DSC00687 DSC00691 DSC00692 DSC00693

प्रतिक्रिया