गुणस्तर भनेको सन्तुष्टि हो : शिक्षाविद् डा.विद्यानाथ कोइराला

इनेप्लिज २०७३ असार ११ गते २२:०९ मा प्रकाशित

20160625_160708[1]

शिक्षामा गुणस्तर भनेको सन्तुष्टि भएको शिक्षाविद् डा. विद्यानाथ कोइरालाले बताउनु भएको छ । रौतहटको गरुडा नगरपालिका मित्रनगरस्थित तुलसीलाल स्मृति सभा भवनमा आयोजित सामुदायिक विद्यालयमा सुधार शिक्षकले चाहेमा गर्न सक्छन् भन्ने कार्यक्रममा बोल्दै शिक्षाविद कोइरालाले शिक्षाको क्रममा शिक्षकलाई सन्तुष्टि, विद्यार्थीलाई सन्तुष्टि र अभिभावकलाई सन्तुष्टिको साथै राज्यले तोकेको उदेश्यमा सन्तुष्टि भएको प्रष्ट पार्नु भयो ।

20160625_115740[1]

सूयोदय शैक्षिक प्रतिष्ठान, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय, शिक्षा पत्रकार समूह, शिक्षक मासिक, शिक्षा नीति तथा अभ्यास केन्द्रको सहकार्यमा जिल्ला शिक्षा अधिकारी हरि प्रसाद वस्तीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षाविदहरु डा. लक्ष्मण ज्ञवाली, मोहन ज्ञवाली, धनन्जय शर्मा लगायतकाले मन्तव्य राख्दै शिक्षकले चाहेमा शिक्षाको गुणस्तरमा सुधार हुने बताएका छन् । कार्यक्रममा नेपाल शिक्षक संघका रौतहट अध्यक्ष राम मंगल राय यादव, पूर्व प्राचार्य योगेन्द्र राय यादव, संघीय शिक्षक फोरमका रौतहट अध्यक्ष कामेश्वर यादव, प्रभा चौधरी, निर्मला चापागाइँ, मदन साह, सञ्जय मित्र, आशाराम साह, राम शंकर साह, विश्वनाथ राउत, समतोलिया मुखिया लगायतकाले शिक्षकले गरेका राम्रा कामको उदाहरण दिँदै शिक्षकले गर्न सक्ने प्रयास र समस्याका बारेमा मन्तव्य व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी हरि प्रसाद वस्तीले रौतहटको सन्दर्भमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीले नेपालीमा किताब पढ्न सकून् र अन्य विषयका आधारभूत कुरा जान्न सकून् भएको बताउँदै जिशिअ वस्तीले भने – बोर्डिङमा गुणस्तरीय शिक्षा होइन अंकस्तरीय शिक्षा हो र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा भएको तर अंकस्तरीय शिक्षा पनि बनाउनु परेको छ ।

सञ्जय मित्र, रौतहट

प्रतिक्रिया