पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सुविधा खोस्नुपर्छः अध्यक्ष पहारी

इनेप्लिज २०७३ असार १० गते १७:३३ मा प्रकाशित

Rajib-Pahari

बाँके, १० असार । युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले पूर्वराजा ज्ञानेन्द्रलाई दिइएको सुरक्षाकर्मी फिर्ता बोलाउनुपर्ने बताएका छन् ।

युवा संघ बाँकेको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष पहारीले ज्ञानेन्द्रलाई दिएको सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन सरकारसँग माग गरे । उनले भने, ‘दुई सय भन्दा बढी सुरक्षाकर्मी ज्ञानेन्द्रलाई दिइएको छ, जून अनावश्यक र राज्यलाई आर्थिक बोझ मात्रै हो । तुरुन्त खोस्नुपर्छ ।’

पहारीले ज्ञानेन्द्रलाई कुनै असुरक्षा नभएकाले उनका लागि खटिएका सुरक्षाकर्मी अन्यत्र खटाउनुपर्ने बताए । उनले भने, ‘ज्ञानेन्द्रसँगै अन्य पूर्व विशिष्टका नाममा पाँच हजार सुरक्षाकर्मी खटाइएको छ, जसले अनावश्यक रुपमा राज्यको अर्वाै खर्च भइरहेको छ ।’

पहारीले सत्य निरुपण तथा मेलमिलाप आयोगका नाममा अपराधीलाई छुट दिने षडयन्त्र भइरहेको आरोप लगाए । पहारीले आयोगले अपराधीलाई छुट दिए युवा संघले कार्बाही गर्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया