झुटो आरोपमा मुद्दा लगाइएका प्रफुल्ल(प्रमोद राज) पन्तलाइ काठमाडौँ जिल्ला अदालतबाट सफाई

इनेप्लिज २०७३ असार ७ गते १५:३१ मा प्रकाशित

13521174_144272022645822_144290081_n

सुर्य चन्द काठमाडौँ : बिगत छ(६) महिना देखि झुटो आरोपमा मुद्दा लगाइएका प्रफुल्ल(प्रमोद राज पन्त)ले काठमाडौँ जिल्ला अदालत बाट सफाई पाएका छन् l  ग्यालेक्सी स्कुलकि संचालिका गीता रानाले आपसी रिसिबीको कारणले जिल्ला अदालत काठमाडौँमा अपहरणको मुद्दा दायर गरेको जाहेरीमा उक्त मुद्दामा कुनै पनि सत्यता र साक्षि प्रमाण र खुद गीता रानालेनै आफुले दायर गरेको मुद्दा सत्य नभएको बयानको आधारमा आफुहरुले सफाई पाएको पिडित पक्षले जानकारी गराएको छ l

13514380_10208444299337493_2007310534_n

आफ्नो ब्यापार ब्यबसाय संचालन गर्दै तथा समाजसेवा गर्दै आएका पिडित प्रफुल्ल पन्तलाइ झुटो मुद्दा लगाई पोखराबाट पक्राउ गरिएको थियो र काठमाडौँ जिल्ला अदालतमा पेश गराइएको थियो तर आधारहीन र प्रमाण बिहिन मुद्दा भएको कारणले गर्दा सम्मानिय न्यायालय बाट सफाई पाएकोमा पिडित प्रफुल्ल हर्षित छन l  उनि भन्छन खाएको बिष लाग्छ नखाएको बिष लाग्दैन त्यहि भएर मैले अदालत बाट सफाई पाए l स्मरण रहोस उक्त मुद्दा दायर गर्ने ग्यालेक्सी स्कुलकि संचालिका गीता राना अहिले विभिन्न अन्य मुद्दाको कारणले आफै फरार भएकी छिन l

प्रतिक्रिया