बाल्टीमा राखेको पानीमा डुबेर बालकको मृत्यु

इनेप्लिज २०७३ असार ६ गते ७:५२ मा प्रकाशित

1466390083bucketफिदिम, असार ६ । आफ्नै घरमा प्लाष्टिकको बाल्टीमा राखेको पानीमा डुबेर पाँचथर, लुम्फाबुङका एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लुम्फाबुङ ५ बस्ने धनकुमार अर्यालका १४ महिनाका छोरा गुन्जन अर्याल रहेका छन् ।

घरमा परिवारका सदस्य नभएको बेला स्थानीयले डुबेको अवस्थामा बालकलाई फेला पारेका थिए । बेहोस अबस्थामा फेला पारेका बालकको जिल्ला अस्पताल पाँचथरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

 

प्रतिक्रिया