बाबुको कुटाइबाट छोराको मृत्यु

इनेप्लिज २०७३ असार ६ गते ६:३२ मा प्रकाशित

लहान, ६ असार । बाबुको कुटाइबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–२० निवासी एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।

बाबु वेचन रामको कुटाइबाट गम्भीर घाइते भएका २२ वर्षीय सञ्जीत रामको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कविर प्रधानले जानकारी दिनुभयो ।

गत जेठ २३ गते मदिरा सेवन गरेका बुबा वेचनले सञ्जीतसँगै उहाँका दाजु रञ्जीतलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते सञ्जीतको मृत्यु भएको छ भन्ने उहाँका दाजुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न बाबुलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही अघि बढाएको प्रहरी निरीक्षक प्रधानले बताउनुभयो ।

प्रतिक्रिया