एनआरएन मिचिगन च्याप्टरको प्रेस विज्ञप्ती

इनेप्लिज २०७३ असार २ गते २१:११ मा प्रकाशित

प्रेस विज्ञप्ती

नेपाल महाविपत्तिको सामनापछि अहिले पुनःनिर्माणको महत्वपुर्ण चरणमा अघि बढिरहेको छ । पुनःनिर्माण र घरवारविहिनको पुनःस्थापनाको कार्य भैरहेको छ । भुकम्पको पिडामा नाकावन्दीको चोटले नेपालको समग्र अर्थव्यवस्थामा प्रभाव पार्नुका साथैं विगतमा नेपाली दाजुभाई दिदि वहिनीहरुको कष्टप्रद दैनिकि असर अहिले पनिजारी छ ।

नेपाल जस्तो देशको लागि यस किसिमको प्राकृतिक विपत्तिको ब्यबस्थापन केवल राज्यले मात्रै सम्वोधन गर्न सक्ने विषय रहेन । यसतर्फ सजग हामी गैरआवासीय नेपालीहरुले पनि भुकम्प लगतैदेखि आर्थिक, भौतिक तथा अन्य प्रकारवाट सहयोगी हातहरु बढाइरहेका छौं । तत्कालिन समयमा तात्कालिक आवश्यकता पुरा गर्नका लागि यस एनआरएनए अमेरिका मिचिगन च्याप्टरले समेत मिचिगनवासी नेपाली दाजुभाई – दिदिवहिनीहरुको स्नेही व्यवहार र सहयोगी साथले गर्दा राहत स्वरुप केही रकम संकलन गर्न सफल भएका थियौं ।

तात्कालिक रुपमा समस्याको सम्वोधन भएपनि दुरगामी समस्याको समाधान अझै भैसकेको छैन । अहिले पनि भुकम्पपिडित परिवार पाल मुनी वास वस्न बाध्य छन् । संरचनाको पुनःनिर्माणको साथ साथै घरवारविहिनको पुनःस्थापनको कार्य पनि अघि बढाउनु आवश्यक छ ।  यस मानेमाराज्यको प्रयासमा सबैको प्रयास एकिकृत हुनसके त्यसको परिणाम अर्थपुर्ण हुन सक्दछ । यही प्रयासको एउटा श्रृखंला नेपाली चर्चित हास्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले गरिरहेका छन् । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका ८ गिरान्चौर गाविसमा गिरान्चौर एकिकृत वस्ती निर्माण अभियानमा यी कलाकार जोडीको अग्रसरतामा काम अघि वढिरहेको छ । यस अघि पनि नमुना योग्य कार्यस्वरुप नमुना वस्ती निर्माण गरिसक्नुभएका उहाहरुको प्रयासमा बिभिन्न कोणबाट सहयोगीहातहरु अघि वढिरहेका छन । तेस्तै सहयोगी हात मध्ये एउटा हात हामी पनि वन्ने उद्देश्य एनआरएन अमेरिका मिचिगन च्याप्टरले लिएको छ । यसै प्रयोजनमा विगतमा मिचिगनबासिहरुवाट संकलित रकममा केही थप रकम संकलन गरी धुर्मुससुन्तली फाउण्डेशन मार्फत नमुना वस्ती निर्माणमा सहयोग जुटाउने लक्ष्य हामीले राखेका छौं  र त्यसका लागि हामीले निम्न मिति र समयमा वनभोज कार्यक्रमको आयोजना गरेका छौं ।सामाजिक उदेश्यका साथ आयोजित यस वनभोज कार्यक्रममा सपरिवार उपस्थितिका लागि सम्पुर्ण मिचिगनवासी नेपालीहरुमा एनआरएन अमेरिका मिचिगन च्याप्टर हार्दिक अनुरोध गर्दछ।

मितिः    July 09 2016

समयः    3:00 PM देखि 

स्थानः    Dodge #4 State Park

            4250 Parkway St

            Waterford Twp, MI 48328

धन्यवाद!

सचिब 

सरोज पराजुलि 

301 529 8342

प्रतिक्रिया