ताप्लेजुङमा नृत्य प्रतियोगिता सम्पन्न

इनेप्लिज २०७३ जेठ २९ गते २१:३४ मा प्रकाशित

Dance

ताप्लेजुङ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले ताप्लेजुङमा एकल नृत्य प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकाभित्र रहेका एघार माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु प्रतियोगितामा सहभागी भएका थिए ।

प्रतियोगितामा लिटिल बुद्ध इङ्लिस स्कुलकी सन्ध्या श्रेठ प्रथम, भानु जन उच्च माध्यमिक विद्यालयकी दीपा सुनाम द्वितीय तथा अक्सफोर्ड इङ्लिस स्कुलका प्रवेश खतिवडा त्रितीय भएका थिए ।

प्राज्ञ तथा नृत्य विभाग प्रमुख माधव प्रधानका अनुसार स्कुलदेखि नै विद्यार्थीमा नृत्यप्रति अभिरुचि जगाई उनीहरुभित्र निहित प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएकोे हो ।

प्रतिक्रिया