काठमाडौं, २९ जेठ । नेपाली कामदारको कोटा बढाउन दक्षिण कोरिया सकारात्मक भएको छ ।
कोरियाका भ्रमणमा रहेको परराष्ट्र सचिव शंकरदास बैरागीको टोलीसँग भएको द्विपक्षीय भेटमा डेपुटी श्रममन्त्री पार्कजंग गिलले कोटा बढाउने आश्वासन दिएका हुन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
दुई पक्षीय भेटमा अवैधानिक नेपाली कामदार बढेकोप्रति कोरियाली अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।
कोरियाल पक्षले प्रत्यक्ष इंगित नगरे पनि यस वर्षको कोटा घट्नुमा अवैधानिक नेपाली बढ्नु सहायक कारण बनेको छ ।
सहकार्यमार्फत अबैधानिक कामदार घटाउन दुवै पक्ष सहमत भएका छन् ।
मनोवैज्ञानिक परामर्शमार्फत अवैधानिक नेपालीलाई सुखीसाथ घर फिर्ती कार्यक्रम सञ्चालन गर्न पनि दुई पक्षबीच छलफल भएको छ ।
सीबीटी परीक्षामा सहभागी अनुसार उत्तीर्णदर घट्दै गएकाले यस वर्ष अबैधानिक नेपालीको संख्या बढेको छ ।
उमेरको बन्देज तथा भूकम्प र नाकाबन्दीका कारण युवामा निराशा उत्पन्न भई अबैधानिक हुनेको संख्या बढेको छ
प्रतिक्रिया