आइतबार, कार्तिक ९ २०७७
काठमाडौं १०:२८
वासिङटन डिसी 00:43

शीर्ष नेताका प्रतिनिधिसँग पूर्वराजा ज्ञानेन्द्रको गम्भीर छलफल

इनेप्लिज २०७३ जेठ २५ गते २:१८ मा प्रकाशित

DSC00622-800x600

काठमाडौं, २२ जेठ । पछिल्लो समय निकै सक्रिय रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार दिनभरी काभ्रेको धुलिखेलमा राजसंस्था पुनर्स्थापनाका विषयमा गम्भीर छलफल गरेका छन् ।

पूर्वराजा शाहको छलफलमा सहभागी हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुरका अनुसार धुलिखेलको हिमालयन रिसोर्टमा पूर्वराजा देशका केही शीर्ष नेताका प्रतिनिधिबीच छलफल भएको हो ।

हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुर

हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुर

‘राजसंस्थालाई स्पेस (ठाउँ) दिन र हिन्दू राष्ट्र बनाउने विषयमा कांग्रेस, एमाले र एमाओवादी करिब करिब नजिक छन्’ हिन्दू युवा संघ नेपालका अध्यक्ष ठाकुरले भने- ‘स्पेस दिने भनेको सेरेमोनियल राजा बनाउने हो । जसले संविधान मान्छ । संविधानको तल रहन्छ ।’

उनका अनुसार प्रमुख तीन दलको सहमतिमा हिन्दू राष्ट्र पनि बनाउने र जसको लागि पूर्वराजा शाहले देशैभरी अभियान चलाउने समझदारी भएको छ ।

यो सहमतिअनुसार अबको केही समयभित्रै देशमा राजसंस्था फर्किने र देश हिन्दू राष्ट्र बन्ने लगभग निश्चित भइसकेको उनको दाबी छ ।

यसअघि पूर्वराजा शाहले भर्खरै मात्र नुवाकोटदेखि पूर्वी नेपालसम्मको भ्रमण गरेका थिए ।

यसअघि ठाकुरले २०७३ सालको मध्य सम्म नेपाल हिन्दू राष्ट्र घोषणा भइसक्ने र राजा फर्किने दाबी गरेका थिए । जून अहिलेका क्रियाकलापसँग मेल खाइरहेको छ ।

प्रतिक्रिया