“पेरिसमा हुने १३औ नेपाल महोत्सवको तयारी पूरा भयो”

इनेप्लिज २०७३ जेठ १८ गते १९:५९ मा प्रकाशित

फ्रान्सको राजधानी पेरिसमा हरेक बर्षको जुन महिनामा नेपाल महोत्सव एवं मेला हुदै आइरहेको छ ।  यस बर्षको १३ औ महोत्सव आगामी जुनको ४ र ५ का दिन हुन गइरहेको छ । सन् २००२ मा स्थापना भएको नेपाली सांस्कृतिक गृह (Maison Culturelle du Nepal) नामक नेपाली मैत्री संघले यो मेलाको आयोजना गर्दै आएको छ । मेला आयोजनाको प्रमुख उधेस्य हरुमा; बुद्धको जन्म भूमि र सगरमाथाको देश नेपाललाई चिनाउनु, विभिन्न कलाकौशल र सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेर नेपालको बिबिध कला र संस्कृतिको पहिचान गराउनु, नेपालवाट झिकाएका हस्तकला, मूर्तिकला  तथा पोशाकहरु बिक्रि गरेर नेपाली घरेलु उद्योगलाई सहयोग गर्नु ,  मेला स्थलमा नेपाली दाल भात सहित विभिन्न नेपाली परिकारहरु तयार गरेर बिक्रि गरि नेपालको खानाको स्वाद चखाउनु, नेपालको कला, संस्कृति, पर्यटन , पुरातत्व आदिका ज्ञाताहरुद्वारा बिबिध बिषयमा प्रवचन (conference) गराई नेपाल चिनाउनु र नेपालमा पर्यटन प्रबर्धन गर्न सहयोगी हुनु रहेकोछ । यी सबै उधेस्यहरुको साथ यस्ता कार्यक्रमहरु गर्दै आर्थिक कोष खडा गरेर पेरिसमा आफ्नै नेपाली घर किन्ने वा निर्माण गर्ने संघको प्रमुख उधेश्य रहेको छ ।

नेपाल महोत्सव पेरिस महानगरको १२ औ वडामा अवस्थीत रमणिय (Bois de Vincennes) भाँसेन बगैचा भित्र आयोजना हुनेछ । यो विशाल बगैचा भित्र विभिन्न ताल तलैयाहरु, फूलहरु, बोट बृक्षहरु, चराचुरुंगीहरुको कृडा स्थल, मनोरन्जनका विभिन्न साधनहरु को साथै फ्रान्सको  बौध समाजले स्थापना गरि संचालन गरेको बुद्धको गुम्बा परिसर पनि छ । झन्डै ३/४ हेक्टर जमिन क्षेत्रफल भएको गुम्वा परिसर आफैमा ठूलो छ भने गुम्वा (मन्दिर) मा संभवत युरोपकै भीमकाय बुद्ध भगवानको ध्यान मुद्राको सुनौला मूर्ति स्थापना भएको छ । फ्रान्सका बौध मार्गीकोलागि यो गुम्वा महत्वपूर्ण तिर्थ स्थल हो । यो परिसरमा हप्रान्तरमा प्राय: सधै एक न एक मेला तथा मेलाको आयोजना भइरहेको हुन्छ । पेरिस भित्रको यति सुन्दर र महत्वपूर्ण तीर्थ स्थलमा नेपाली मेला आयोजना गर्न पाउनु हामी नेपालीकोलागि गौरबको कुरा हो ।

 मेलाको कार्यक्रम ३ जुनको शुक्रबार साँझबाट प्रारम्भ भई आइतवार राती समाप्त हुने गरेकोछ । मेलामा नेपाली राजदूतावास लगायत फ्रान्सका नेपाली मैत्रीसंघहरु र अन्य तीसौ संघ संस्थाले आ-आफ्नो स्टल राखेर पेरिसको ठूलो जनसमुदाय आगन्तुकलाई आ-आफ्नो संघ संस्थाको कृयाकलापको जानकारी दिदै संघ संस्थाको कोष वृद्धिकोलागि राखिएको सर-सामान बिक्री गर्दछन् । आयोजक संघले मेला स्थलमै नेपाली खानको साथै जिलेवी , सेल , पकौडा, मम आदि तयार गरेर बिक्री गर्ने परम्परा बनेको छ । मन्दिर परिसर भित्र भव्य मन्चमा नेपालको हिमाल, पहाड, उपत्याका र तराईका बिभिन्न नेपाली लोक सांस्कृतिक नृत्यहरु अटुटरुपमा संचालन भइरहेको हुन्छ भने नेपाली पुरातत्व, कला, संस्कृति, प्राकृतिक सम्पदा र प्रयटनका विज्ञहरुद्वारा दशौ विषयमा प्रवचन पनि गरिनेछ । नेपाली ध्वजा पतका र झन्डाले सिंगारिएको मेला स्थलमा नेपाली विविध संगीतका स्वर र धूनले जो कोही पदयात्रीलाई  पनि प्रवेश गर्न आकर्षक पार्दछ ।  मेलाको २ दिनमा ५००० पाँच हजार दर्शक हुने अपेक्षा गरिएको छ । मेलाको प्रवेश शुल्क केवल ३.५०/-  युरो हुने गरेकोछ । मात्रीभूमि नेपाल र नेपालीकै हितकोलागी संचालित यो मेला सफल बनाउन नेपाली सांस्कृतिक गृह पेरिस फ्रान्स, सम्पूर्ण  नेपाली र  फ्रेन्च मित्रहरुलाई हार्दिक अनुरोध गर्दछ । साथै मेलामा भाग लिन फ्रान्स र युरोपका नेपाली दाजु भाइ दिदी वहिनीहरुलाई आमन्त्रण गर्दछ ।
थप जानकारीको लागि
 :

www.maisonculturelledunepal.com
[email protected]

0033(0)618087751
 हेमन्त उपाध्यासंग सम्पर्क गर्न सक्नुहुनेछ ।

 

प्रतिक्रिया