चेपाङ केन्द्रलाई खाद्यान्न,अक्षयकोषमा आर्थिक सहयोग

इनेप्लिज २०७३ जेठ १५ गते १०:०८ मा प्रकाशित

DSCI4433

चितवन १५ जेठ।
चितवनको रत्ननगरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित वालवालिकाको लागि १ लाख ३८ हजार बरावरको खाद्यान्न सहयोग भएको छ । चितवनको भरतपुर स्थायी घर भई बैदेशिक रोजगारीको शिलशिलामा वेलायतमा रहनुहुने महेश अर्यालले सो रकम वराबरको खाद्यान्न सहयोग गरेका हुन । सामाग्री लिएर केन्द्रमा पुगेका महेशका पिता प्रकाश अर्याल र आमा देबमाया अर्याल सो सामाग्री केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई हस्तान्तरण गरेका थिए ।

DSCI4434अर्यालले ९० वोरा चालम,२ वोरा आलु,१ कार्टुन तेल,चिउरा भूजा मसला सहयोग गरेका हुन । अर्यालले गामवेसीको चेपाङ संरक्षण केन्द्रमा स्थापित अक्षय कोषलाई १ लाख ११ हजार समेत सहयोग गरेका छन । नेपाल प्रहरीका एसएसपी रमेश खरेलको सक्रियतामा निर्माण भएको अक्षयकोषमा अहिले सम्म १३ लाख संकलन भईसकेको र ५ करोड पुर्याउने महत्वकाँक्षी योजना रहेको केन्द्रका अध्यक्ष शर्माले बताए । सो रकम र खाद्य सामाग्री खरिद गर्ने रकम महेश अर्यालको नेतृत्वमा युके निवासी नरेश पटेल र दिलिप पटेलबाट संकलन गरिएको हो । केन्द्रमा १५० जना चेपाङ वालवालिका आश्रित रहेका छन ।

DSCI4429 DSCI4431

प्रतिक्रिया