प्रधान न्यायाधिस शुसिला कार्कीले हेरिटेज नेपाल फ़ेस्टिवल उद्धघाटन गर्ने

इनेप्लिज २०७३ जेठ १४ गते १३:४६ मा प्रकाशित

image1

 

अमेरिकाकै पुरानो मध्येको एक नेपाली संस्था अमेरिका नेपाल सोसाइटी (ANS) ले आयोजना गरेकोहेरिटेज नेपाल भेस्टिवलको उद्दघाटन नेपालका माननीय प्रधान न्यायाधीश शुशिला कार्कीवाट हुने जानकारी आयोजकले गराएका छन l यस उत्सवका लागी आफ्नो धमकेदार प्रस्तुति लिएर उदयमान युवा कलाकारहरू आयुष रिमाल र निक्कि कार्कि वासिड्टन डिसी आई पुगेका छन l

यो महोत्सवमा नेपाली खाना,संगीत र नेपाली पहिचान झल्काउने सामाग्रीहरु राखिनेछ | अमेरिकाले हरेकवर्षको मे महिनालाई एसियन,प्यासिफिक अमेरिकन हेरिटेज महिनाको रुपमा मनाउने गर्दछ |

ANS ले मे २८ तारिख शनिवार साँझ नेपाली भाषा, कला र सस्कृतीको संरक्षण र सम्बर्दन गर्दै युवासन्ततीहरुलाई एकै थलोमा आबद्द गरी सॉस्कृतिक कार्यक्रमको आयोजना गरेको हो! प्राय नेपालीभाषीहरूले आयोजना गर्ने कार्यक्रमहरूमा दोश्रो पुस्ताका युवाहरूको सहभागीता नदेखिएकोले यस पटकभने उनीहरू कै व्यापक सहभागीतामा हेरिटेज नेपाल उत्सव मनाई स्थानीय प्रतिभाशाली युवाहरूलाईप्रोत्साहन गर्ने थालनी भएकोमा युवा वर्ग अत्यन्त उत्साहि भएका छन! यस कार्यक्रममा फ्युजन व्यान्डको समेत प्रस्तुती रहने छ!

अमेरिकामा यसरी नेपाली भाषी संस्थाहरूले युवाहरूलाई प्रतक्ष्य सहभागी गराई आयोजना गरीएको यसहेरिटेज नेपाल उत्सव कार्यक्रम नै अमेरिकाको पहिलो भएको ठानीएको छ!

आयोजकका अनुसार्, यस कार्यक्रमका लागी बिभिन्न राज्यहरु बाट समेत उल्लेखनीय युवाहरु आउनेजानकारी प्राप्त भएकोले कार्यक्रमका लागी साँझ ४:३० बजे नै हेरन्डन हाईस्कुलमा आईपुग्न सम्पुर्णस्थानीय वासिन्दाहरु लाई अनुरोध गरेको छ ।

फोटो सौजन्य- आयुष रिमाल

प्रतिक्रिया