चेपाङ केन्द्रमा प्रमुख जिल्ला अधिकारी

इनेप्लिज २०७३ जेठ ११ गते १५:२३ मा प्रकाशित

aa

रत्ननगर ११ जेठ । पूर्वी चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले अबलोकन गरेका छन । सिंह सहित स्थानीय विकास अधिकारी श्रवण कुमार पोखरेल,प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठ,उप अनुसन्धान निरीक्षक माधव तिमिल्सिना,जिल्ला वन अधिकृत गणेश रायले केन्द्रमा पुगी चेपाङ वालवालिकाको अबस्था बुझेका हुन । केन्द्रलाई आवश्यक सहयोग गर्न आफुहरु तत्पर रहेको प्रजिअ सिंहले बताए । केन्द्रलाई पार्कको रुपमा विकास गरी हराभरा बनाई वृक्षारोपण समेत गर्न सहयोग जिल्ला बन अधिकृत रायले बताए । साथै केन्द्रमा खाद्यान्न अभाव भएको थाहापाई भरतपुर निवासी सरस्वती रिजालले १० हजार बरावरको खाद्यान्न सहयोग गरेको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिए । केन्द्रमा १५० जना चेपाङ वालवालिका आश्रित रहेका छन ।

प्रतिक्रिया