चलन चल्तीका सब्दहरु नेपाली शब्दकोस राख्नु पर्छ

इनेप्लिज २०७३ वैशाख २८ गते १०:२१ मा प्रकाशित

dev khanal

नेपालमा सबै भन्दा बडी गरिने कुरा हो l कुरा कुदाएर जिबिका चलाउने मान्छेहरुको सगख्या नेपालमा अधिकतम मात्रामा छ ! बडो सजिलो सग कुरा कुदाउने वर्तमान सत्ता पक्षका प्रधानमन्त्री र ओली सरकारका लगौटीया उप प्रधान र मन्त्रिहरु हुन् ! बिना आधार फुरफुर गर्ने लाई आजकल ओलीको संज्ञा बाट जानिन्छ l नेपाली सब्दकोसमा नया सब्द थप भएको छ l ओली भन्नाले = कुरौटे, उखान टुक्का गर्न जान्ने , आफुलाई फुर्तिलो सम्झिने व्यक्ति लाई सम्झनु पर्छ l

१५ बर्ष सम्म पर्खेर पार्टी सभापति हुने लाई देउवा भनिन्छ l धेरै पल्ट चुनाब हार्ने, पदिय लोभमा हिरिक्क हुने आफनो बढाई आफै गर्ने लाई रामचन्द्र भनिन्छ ! पुर्पुरोमा लिएर आएका छ भने देशको प्रधान्मन्त्री हुन पाउने लाई माधब नेपाल भनिन्छ l प्रधानमन्त्री हुन पाएको अवसरमा भोग लगाउने लाई झलनाथ भनिन्छ |

पार्टी फुटाउने हैसियत भएको लाई बामदेब भनिन्छ l आफनो हैसियत थाहा नहुने लाई प्रचण्ड कमरेड भनिन्छ l विद्वान भएर पनि बुद्धिको बिर्को चर्किएर नया सक्तिको उपाधि धारण गर्न कसरत गर्दागर्दै जनता बाट तिरस्कृत हुने लाई बाबुराम भनिन्छ l चरी , घईटेका पछि लाग्ने लाई गगन भनिन्छ l छुटै राज्यको माग गरि भारतीय प्रधानमन्त्रीको सहयोगमा नेपालका नाका बन्दि गर्ने लाई इन्डियन धोति भनिन्छ l बिना सोज्बुझ पछाडी दौडिने स्वार्थी लोभी लाई सुकिला नेपाली भनिन्छ l

बिदेशमा पत्रकारिता गरि नेपाल फर्केका भ्रस्टचारी किरा परोस भन्दै महान बन्न खोज्ने लाई मिश्र भन्नु पर्छ ! गाउमा , सहरमा आफनो खेति गर्ने र परिवारको उन्नतिका लागि खाडीमा अहोरात काम गरेर आफनो परिवार पाल्ने लाई सच्चा नेपाली भनिन्छ l रेमिटान्स बटा देश चलाउने युबालाई देश- भक्ति नेपाली युबा भनिन्छ l अमेरिका, युरोप, अस्ट्रेलिया, खाडी मुलुकमा बसेर नेपालको चिता ब्यक्त गर्ने लाई यो मन नेपाली हो भनिन्छ l खै कसलाई के, के भन्नु सबै सबैको उही छ हालत ! देश लुटन पाउनेहरु मस्तीमा नेपाली जनता सधै आशुमा यो कस्तो बिडम्बना हो l एउटा महलमा अर्को खुल्ला आकासमा बाच्नु परेको छ l कर्मको खेल होइन नेताको कुबुद्धिले आज जनताले दुख भोग्नु परेको छ l

चलन चल्तीका सब्दहरु नेपाली सब्दकोस राख्नु पर्छ जसले गर्दा भबिस्यमा नेपालको राजनैतिक अवस्थालाई बुज्नका लागि हाम्रा संनतीहरुलाई सरल हुनेछ l राजनीति भनेको फोहोरी खेल होइन जसले जे मन लग्यो गर्यो l देशको राजनीति फटाहाको हातमा परेको छ l आफना मतियारहरुलाई खुसि राखेर जनताका दैनिक अवास्कताका बिषयमा उदासीनता देखाएर बस्नु यो भन्द घटिया के नै हुन सक्छ l हामी नेपाली जनता आज सम्म बिजुली बाट आत्मा निर्भर हुन नसक्नुको प्रमुख कारण नेता, कर्मचारी हुन् lजब नेता असल छैन भने अन्य सक्तिले देशलाई अस्थिर बनाउछ l

जनतालाई राजनैतिक अधिकार दिलाउने बहानामा नेताहरु आफनो परिवारको भबिस्य सुरक्षित गरि रहेका छन् l हिजो पनि गरिबको छोरा बलिको बोको भए आज पनि उही तालमा राजनिति चलेको छ l देशमा भएको श्रोत ,जनसक्ति लाई परिचालन गर्न नसके ,अर्काको प्रगतिमा डाहा गर्ने एकले अर्को लाई खुट्टा तान्ने प्रवृतिको विकास भएको छ ! राज्यको अवास्कता एक तिर छ नेता अर्को तर्फ़ दौडिएको हुन्छ l देश गरिबीको रेखामुनि पुगी सक्ता पनि नेता रस्त्रका लागि सोच्न छोडेर धर्म , जाति ,बर्गका नाउमा जनता आपसमा झगडा लगेर आफु मस्तीमा बलुवाटारमा मस्तीमा छन् |

प्रतिक्रिया